हेमजामा अन्तर वडा स्तरीय फुटबल प्रतियोगिता हुने

हेमजा । हेमजा युनाइटेडकाे आयाेजनामा अन्तर वडा स्तरीय फुटबल प्रतियोगिता हुने भएकाे छ । पाेखरा २५ हेमजामा रहेकाे उक्त संस्थाले ‘युवा एकता र विकासका लागि खेलकुद’ भन्ने मूल नाराका साथ उक्त प्रतियोगिताकाे आयाेजना गरेकाे हाे ।
पोखरा–२५, हेमजा गौरीशङ्कर खेल मैदान(गैरी)मा यहि जेठ १० देखि १७ गते सम्म ३५ वर्ष भन्दा माथि उमेर समूहबिच प्रतियाेगिता हुनेछ ।
खेलकुदको माध्यमबाट एकता भाईचार बढाउँदै खेलकुदमा अभिरुचि जगाई खेलकुदका माध्यमबाट स्वास्थ्य राख्ने साथै गौरीशङ्कर खेल मैदान(गैरी)लाई स्तरोन्नति तथा संरक्षण गर्ने उद्देश्यका साथ प्रतियोगिता आयोजना गरिएको क्लबका अध्यक्ष कृष्णमान श्रेष्ठले जानकारी दिए ।
प्रतियोगितामा प्रथम पुरस्कार रु. १ लाख ११ हजार १ सय ११ र द्धितिय पुरस्कार रु. ५५ हजार ५ सय ५५ साथमा ट्रफी, मेडल र प्रमाणपत्र रहेको हेमजा युनाइटेडका उपाध्यक्ष एवं प्रतियोगिता संयोजक इन्द्रबहादुर कुँवरले जानकारी दिए ।
उनका अनुसार उत्कृष्ट विधागत पुरस्कार तर्फ सर्वाधिक गोलकता, उत्कृष्ट गोलरक्षक,उत्कृष्ट डिफेन्डर,उत्कृष्ट मिडफिल्डर र उत्कृष्ट फरवार्डलाई प्रत्येक विधामा नगद रु. २ हजार साथमा ट्रफि प्रदान गरिनेछ ।
प्रतियोगिता अवधिभरको उत्कृष्ट खेलाडीलाई नगद रु ५ हजार साथमा ट्रफी र क्वाटर फाइनल देखिका म्याचहरूमा म्यान अफ दि म्याच घोषण गरी ट्रफी प्रदान गरिने संयाेजक कुवँरले जानकारी दिए ।
प्रतियोगितामा सहभागी हुन दर्ता शुल्क नगद रु १० हजार राखिएको छ । साथै सहभागिताका लागि यही जेष्ठ ८ गते बिहीबार ५ः३० बजे सम्म टिम दर्ता गरी सक्नुपर्ने खेल समन्वय संयोजक सौरभ कार्कीले जानकारी दिए ।
पोखरा महानगर एवं २५ नं वडा कार्यालयको संरक्षणमा हुने उक्त प्रतियाेगितामा गण्डकी प्रदेश फुटबल संघ, कास्की जिल्ला फुटबल संघ र जिल्ला खेलकुद विकास समितिको विशेष सहयोगीको भुमिका रहेको छ ।
पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=18261, citypokhara.com
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ माघ ३, शुक्रबार १९:३२मनोहर कप भलिबलः सेमिफाइनल समिकरण पूरा
समाचार२०८२ माघ ३, शुक्रबार १९:२५पोखरा महोत्सवमा माघ ४ गते देखि विद्यालय स्तरीय लोक नृत्य प्रतियोगिता हुने
समाचार२०८२ माघ २, बिहीबार २०:०६पोखरा महोत्सवमा दर्शकको ओइरो,शुक्रबार बद्री पंगेनी र डी मर्चाको प्रस्तुती रहने
समाचार२०८२ माघ २, बिहीबार ०९:५०माघे संक्रान्ति/माघी पर्वको अवसरमा प्रदेश प्रमुखद्वारा शुभकामना







