रुवीभ्यालीको लिन्जोमा ५ दिने खर्क व्यवस्थापन तालिम सुरु

धादिङ, जेठ ०५ गते ।
रुवीभ्याली गाउँपालिका–१, लिन्जोमा चौरी तथा भेडा पालक किसानलाई लक्षित खर्क व्यवस्थापनसम्बन्धी ५ दिने तालिम सुरु भएको छ।
डिभिजन वन कार्यालय धादिङ, राष्ट्रिय प्रकृति संरक्षण कोष तथा गण्डकी जलाधार कार्यालयको संयुक्त आयोजनामा आजदेखि तालिम सुरु भएको हो ।
डिभिजन वन अधिकृत विष्णु प्रसाद आचार्यको अध्यक्षता भएको तालिमको उद्घघाटन गाउँपालिका अध्यक्ष राम सिं तामाङले गर्नु भएको थियो । कार्यक्रममा एलिना आले मगरले स्वागत मन्तव्य राख्नु भएको थियो ।
तालिममा चौरी तथा भेडा पालनमा किसानले भोग्दै आएका समस्या, खर्क व्यवस्थापनमा देखिएका चुनौतीहरू, जलवायु परिवर्तनका कारण वनस्पति प्रजातिमा आएको परिवर्तन, खोर र गोठको व्यवस्थापनबारे विस्तृत छलफल हुने बताइएको छ । तालिममा राष्ट्रिय प्रकृति संरक्षण कोषका सुनिल सापकोटाले सहजीकरण गरिरहेका छन्।
कार्यक्रमको क्रममा स्थानीय चौरी तथा भेडाका खर्क र गोठहरूको स्थलगत अध्ययन पनि गरिनेछ । त्यहाँका प्राकृतिक स्रोतसाधनको उपयोग, खर्क क्षेत्रको सुधार, र घाँसीय वनस्पतिको संरक्षण तथा बृद्धिका उपायहरूमाथि व्यवहारिक अभ्यास गरिने डिभिजन वन अधिकृत आचार्यले बताउनुभयो ।
किसानहरूले हाल सामना गरिरहेका समस्या जस्तै उत्पादनमा कमी, बजार पहुँचको अभाव, परम्परागत विधि र प्रविधिको सीमित प्रयोग, र खर्कमा रुख तथा झाडीहरू विस्तार भएसँगै घाँसको क्षेत्र घट्दै गएको विषयहरू उठाएका छन्। तालिमले यिनै समस्यालाई सम्बोधन गर्ने र समाधानका उपायहरूमा छलफल गर्ने अपेक्षा गरिएको छ।
डिभिजन वन कार्यालयका अनुसार तालिमको मुख्य उद्देश्य परम्परागत पशुपालन पद्धतिमा आधुनिक प्रविधिको समावेशीकरण गर्दै किसानलाई व्यावसायिक तथा दिगो प्रणालीतर्फ अभिमुख गराउनु हो। कार्यक्रममा पशु विज्ञ डा. उमेश घले लगायत डिभिजन वन अधिकृत विष्णु प्रसाद आचार्य, सुनिल सापकोटा, र एलिना आले मगरले विभिन्न विषयमा सहजीकरण गर्नुहुनेछ ।
पालिका अध्यक्ष रामसिं तामाङले तालिमका अवसरमा बोल्दै रुवीभ्याली–१ र २ मा उल्लेख्य संख्यामा चौरी र भेडा पालक किसान रहेको उल्लेख गर्दै, पालिकाले किसान हितमा थप पहल र सहकार्य गर्न प्रतिबद्ध रहेको बताउनुभयो ।
५ दिनसम्म चल्ने तालिमबाट किसानहरूले व्यवहारिक ज्ञान हासिल गरी नयाँ दृष्टिकोणका साथ खर्क व्यवस्थापनमा सुधार ल्याउने विश्वास लिइएको छ।
लेखकको बारेमा

- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ भाद्र ५, बिहीबार १९:३६लैङ्गिक उत्तरदायी बजेट विषयक अन्तरक्रिया कार्यक्रम धादिङबेसीमा सम्पन्न
समाचार२०८२ भाद्र ५, बिहीबार १९:०९पुटिनसँग शिखर सम्मेलनभन्दा पहिला सुरक्षाको सुनिश्चिततामा हुनुपर्छः जेलेन्स्की
कला, विचार/मनोरञ्जन२०८२ भाद्र ५, बिहीबार १७:२९‘चिठ्ठी’ निर्देशक भन्छन् अनेक फण्डाबाजी गर्न हामीसँग पर्याप्त विषय छन् तर त्यो सस्तो शैली हाम्रो रोजाइमा छैन
स्वास्थ्य/जानकारी टिप्स२०८२ भाद्र ५, बिहीबार १३:१४बाँकेमा भाइरल ज्वरोका बिरामी बढ्दै « रिपोर्टर्स नेपाल