पत्रकार भादगाउँलेको निर्देशनमा बन्यो, करबाकेलीका नायकको वृत्तचित्र

काठमाडौं। जन्मथलो करबाकेली क्षेत्रको विकासमा अतुलनीय योगदान पु¥याएका पूर्व बेलायती सैनिक चामबहादुर पुनको जीवनकथा समेटेर एउटा वृत्तचित्र निर्माण गरिएको छ, ‘चामबहादुर पुन, एन एक्जेम्प्लेरी एक्स ब्रिटिस गुर्खा सोल्जर’।
तीन दशकदेखि पत्रकारितामा सक्रिय पर्यटन पत्रकार अमृत भादगाउँलेको निर्देशनमा निर्माण गरिएको वृत्तचित्र मङ्गलबार काठमाडौंको विश्वज्योति सिनेप्लेक्समा प्रथम प्रदर्शन गरियो ।
प्रदर्शनीमा पर्यटन, सिनेमा, साहित्य, कला, सङ्गीत, समाजसेवा, पत्रकारिता र शिक्षा क्षेत्रका दर्शक खचाखच थिए। उनीहरूले ध्यानपूर्वक वृत्तचित्र अवलोकन गरे।
समातामुलक समाज निर्माण अभियानमा समर्पित मानवअधिकारवादी नेतृ मोहना अन्सारीको प्रमुख आतिथ्यतामा भएको प्रदर्शन कार्यक्रममा अन्सारीसहित वृत्तचित्रका निर्देशक भादगाउँले, नेपाल पर्यटन बोर्डका सिइओ दीपकराज जोशी, लेखक शेखर खरेल, चलचित्र निर्देशक रवि सायमि र समाजसेवी पुनले सम्बोधन गरेका थिए।
यस वृत्तचित्रले सकारात्मक सन्देश प्रवाह गरेको उनीहरूले प्रतिक्रिया दिए। पुनले आफ्नो माटोको विकास र आफ्नो संस्कृतिको संरक्षणमा पु¥याएको योगदान अनुकरणीय छ।
‘आफ्नो पहिचानको संरक्षण गर्दै समाजलाई उज्यालो बाटोमा हिँडाउन सफल चामबहादुर दाइको जीवनकथा प्रेरणादायी छ’, कार्यक्रममा अन्सारीले भनिन्, ‘जन्मथलोको विकासमा उहाँले गर्नु भएको सुकर्म वृत्तचित्रमा हेर्न पाउँदा सकारात्मक ऊर्जा बढ्यो।’
पुनकै नेतृत्वमा करबाकेली क्षेत्र पर्यटकीय गन्तव्य बनिसकेको छ। गाउँमा सांस्कृतिक एवम् पर्यटकीय जागरण भित्रिएको छ।
‘एउटा सिँगो गन्तव्यको विकासमा एउटा व्यक्तिले पु¥याएको योगदान प्रशंसनीय छ’, पर्यटन बोर्डका सिइओ जोशीले भने, ‘हामी करबाकेली इको टे«कको प्रवद्र्धनमा हातेमालो गर्नेछौं।’
राधा पुनले निर्माण गरेको वृत्तचित्र १७ मिनेट लामो छ। यसमा लाहुरे चामबहादुर पुनको जीवनका आरोह, अवरोह र सुकर्म समेटिएको छ। पर्यटन पत्रकार अमृत भादगाउँलेले निर्देशन गरेको वृत्तचित्रका सिनेम्याटोग्राफर भवानी शिलाकार, दृश्य सम्पादक सुदीप श्रेष्ठ र व्याकग्राउन्ड सङ्गीतकार जी. पुन हुन्।
को हुन् चामबहादुर ?
समाजसेवी चामबहादुर पुनले म्याग्दी जिल्लाको अन्नपूर्ण गाउँपालिका–८ मा पर्ने करबाकेली क्षेत्रको विकासमा दुई दशकभन्दा लामो समयदेखि योगदान पु¥याउँदै आएका छन्। त्यहाँको काफलडाँडामा करबाकेली थान, पुन सामुदायिक सङ्ग्रहालय, सामुदायिक पाहुनाघर आदि बनाइएका छन्। त्यति मात्र होइन, पुनहिलदेखि करबाकेली थान भएर बेनीबजार जोड्ने पदमार्गलाई ‘करबाकेली इको टे«क’का रुपमा ब्रान्डिङ गरिएको छ ।
पुन समुदायको पहिचानसँग जोडिएका यी सबै कामको नेतृत्व चामबहादुरले नै गरेका हुन्। उनको अगुवाईमा स्थानीयको सहयोगमा सबै काम भएका हुन्।
समाजसेवी पुनले जीवनका उर्बर १५ वर्ष बेलायती सेनामा विताए। त्यसपछि सेकेन्ड करियरका रुपमा १० वर्ष ब्रुनाईका सुल्तानको सेवा गरे। ब्रुनाईबाट फर्केपछि उनी जन्मथलो करबाकेली क्षेत्रलाई उज्यालो बनाउने अभियानमा खटिएका छन्।
रिटायर्ड लाइफलमा एउटा लाहुरेले समाजका लागि पु¥याएको योगदान प्रेरणादायी छ।
पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=18292, citypokhara.com
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ फाल्गुन १८, सोमबार २१:४६साेमबार राति १२ बजेपछि मौन अवधि सुरु, यी काम गर्न पाइँदैन
समाचार२०८२ फाल्गुन १७, आईतवार १९:३२मौन अवधिमा सञ्चार माध्यमको दायित्व झन् बढीः सरोकारवाला
समाचार२०८२ फाल्गुन १७, आईतवार १५:३८कास्की २ का एमाले उम्मेदवार रश्मि आचार्यले सामाजिक संजालबाट आज बेलुकी ८ बजे मतदातासँग प्रत्यक्ष संवाद गर्ने
समाचार२०८२ फाल्गुन १७, आईतवार १३:४९इरानका सर्वोच्च नेता खामेनीको मृत्यु पुष्टि, ४० दिन राष्ट्रिय शोक घोषणा







