संसद पुर्नस्थापना हुनुपर्छ , यथास्थितिमा निर्वाचन सम्भव छैन : नेता अधिकारी

पोखरा । नेकपा (एमाले) का स्थायी कमिटी सदस्य खगराज अधिकारीले संविधानको रक्षाका लागि संसद पुर्नस्थापनाको बिकल्प नरहेको बताएका छन्।
उनले बर्तमान सरकार संविधानभन्दा बाहिरबाट निर्माण भएको बताउदैं संविधानको रक्षाका लागि संसद पुर्नस्थापना आवश्यक रहेको बताए ।
नेकपा (एमाले) पोखरा महानगर कमिटी -३० को वडा भेलालाई सम्बोधन गर्दै उनले अहिलेकै अवस्थामा निर्वाचन हुन सम्भव नरहेको बताए ।
‘ठुलो सङ्ख्यामा हातहतियार लुटिएका छन् , त्यसको दुरुपयोग हुने खतरा छ , निर्वाचन शान्तिपुर्ण हुने देखिदैंन त्यसकारण निर्वाचन हुने सम्भावना छैन’, उनले भने ।
सरकारले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई उपत्यकाबाट बाहिर रोक लगाउने काम सहि नभएको बताए ।
पार्टीको तर्फबाट समीक्षा गर्नुपर्ने बिषयलाई आन्तरिक रुपमा छलफल र बिचार बिमर्शबाट निकास निकाल्ने उनको भनाई छ ।
‘हामी हाम्रा कमजोरी सच्चाउन सक्छौं तर देशलाई वर्वाद हुन दिदैनौ , प्रतिक्रान्तीलाई पराजित गर्छौं ‘, उनले भने ।
व्यबहारिक , शैलीगत कमजोरीलाई सच्चाउदै देशलाई सहि दिशामा लैजान नेता नेतृत्व र कार्यकर्ताहरु तयार रहनुपर्ने उनको भनाई थियो ।
पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=19989, citypokhara.com
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ जेष्ठ १, शुक्रबार ०७:००२ लाख ८७ हजार नगदसहित जुवातास खेल्ने–खेलाउने ८ जना पक्राउ
समाचार२०८३ बैशाख ३१, बिहीबार २१:५२दीननाथ बराललाई उत्कृष्ट खेल पत्रकार अवार्ड
समाचार२०८३ बैशाख ३०, बुधबार २२:४०गण्डकीलाई खेल पर्यटनको विश्वव्यापी ‘हब’ बनाउन स्पष्ट नीति र लगानीको खाँचो
समाचार२०८३ बैशाख ३०, बुधबार ००:१८पोखरा महानगरले कक्षा ११ मा भर्नाका लागि प्रवेश परीक्षा लिन राेक्याे









