चलचित्र ‘प्रतिवैरम’ को छायांकन सम्पन्न

चलचित्र ‘प्रतिवैरम’ को छायांकन सम्पन्न

काठमाडौँ । निर्देशक रोशन दासको निर्देशनमा निर्माण भएको चलचित्र ‘प्रतिवैरम’ को सम्पूर्ण छायांकन सम्पन्न भएको छ । मधेस केन्द्रित सामाजिक र राजनीतिक विषयवस्तुमा आधारित यस चलचित्रको सम्पूर्ण छायांकन ४५ दिनमा पूरा गरिएको निर्माण पक्षले जानकारी दिएको छ।

चलचित्रको पहिलो चरणको छायांकन १५ दिन सर्लाहीमा गरिएको थियो भने दोस्रो चरणको छायांकन ३० दिन सिराहामा सम्पन्न गरिएको हो। चलचित्रको छायांकन निर्देशक अफ फोटोग्राफी (DOP) ज्याकले गरेका हुन्। छायांकन सफलतापूर्वक सम्पन्न भएको निर्माण टिमले जनाएको छ। हाल चलचित्र पोष्ट–प्रोडक्सनको कार्य सुरु भएको छ ।

चलचित्रमा सम्राट दास, बिरेन्द्र कुशवाहा, आलिशा बस्तोला, सुप्रज्ञा शर्मा, गीता श्री, अशिष डीके, प्रदीप ढकाल, नारायण बि.के., बिके शाह, रामेश बुढाथोकी लगायत अन्य कलाकारहरूको अभिनय रहेको छ।

चलचित्रमा सह–निर्देशकका रूपमा सन्तोष मल्ल, अग्नि सुवेदी,धिरज राउत, र श्रीजना भुजेलले काम गरेका छन् । रेज इन्टरटेनमेन्टले निर्माण गरेको चलचित्रका प्रोडक्सन म्यानेजर कमल सुनार रहेका छन् भने लाइन प्रोडक्सनको जिम्मेवारी पंकज महतोले सम्हालेका छन्।

निर्देशक दासका अनुसार मधेसका वास्तविक कथा, सौन्दर्य र समस्यालाई यथार्थ ढंगले प्रस्तुत गर्ने उद्देश्यले यो चलचित्र निर्माण गरिएको हो। चलचित्र मार्फत मधेसको वास्तविकता दर्शक सामु पुर्‍याउने योजना रहेको उनले बताए। चलचित्रको कथा निर्देशक दास स्वयंको रहेको छ भने पटकथा युवराज भट्टराईले लेखेका हुन्। निर्माण पक्षका अनुसार चलचित्र २०८३ प्रदर्शनमा ल्याउने तयारी भइरहेको छ।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 6   +   2   =  

Protected by Spam Master