नेपाली र भारतीय सेनाको संयुक्त टोलीद्वारा कञ्चनजङ्घाको सफल आरोहण

काठमाडौँ- नेपाली र भारतीय सेनाको संयुक्त टोलीले कञ्चनजङ्घा हिमाल आरोहण गरेको छ । संयुक्त आरोहण अभियान टोलीले यही जेठ ५ र ६ गते कञ्चनजङ्घा हिमाल आरोहण गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
दुई वटा समूहमा भएको उक्त आरोहणमा नेपाली सेनाका सेनानी गजेन्द्र देउवाको नेतृत्वमा १० र भारतीय सेनाका कर्नेल सर्फराज सिंहको नेतृत्वमा पाँच गरी १५ जना सहभागी थिए ।
सेनाद्वारा हिमाली क्षेत्रको सरसफाइ
पर्यावरण संरक्षणमा टेवा पु¥याउनुका साथै हिमाली क्षेत्रमा सरसफाइको महत्वका बारेमा स्थानीयलाई सचेतना अभिवृद्धि गर्ने उद्देश्यले सेनाले सरसफाइ गरेको छ ।
यही जेठ ३ गते नेपाली सेना अन्तर्गत मुस्ताङ जिल्लामा तैनाथ श्री सैनिक उच्च शिखर शिक्षालयबाट खटिएको टोलीले थोराङ पास इलाकामा छरिएर रहेका ३५० केजी ९३७ बोरा० फोहर सङ्कलन गरी अन्नपूर्ण संरक्षण आयोजना ९एक्याप० जोमसोमलाई हस्तान्तरण गरेको छ ।
त्यसैगरी, गत वैशाख २६ गतेदेखि आजसम्म सोलुखुम्बुमा सेनाले अभ्यास शिखर यात्रा सञ्चालन गरी गोरक्सेप, दिङबोचे, पाङ्बोचे, कालापत्थर क्षेत्रमा सरसफाइ गर्नुका साथै स्थानीयको उपस्थितिमा सचेतनामूलक कार्यक्रमसमेत गरेको विज्ञप्तिमार्फत जनाएको छ ।
सेनाले पाङबोचे र दिङबोचे क्षेत्रमा जम्मा भएको करिब ५०० केजी फोहरलाई स–साना टुक्रा बनाई ढुवानी गर्न सहज बनाउनुका साथै पाङबोचे र नाम्चेमा रहेको करिब १०० केजी फोहर लुक्लासम्म ढुवानी गरी सगरमाथा प्रदूषण नियन्त्रण समितिलाई हस्तान्तरण गरेको छ ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
खेलकुद२०८३ जेष्ठ ८, शुक्रबार १७:३३अमेरिकाविरुद्धको खेलमा नेपालले सहज जित
कला, विचार/मनोरञ्जन२०८३ जेष्ठ ८, शुक्रबार ११:१५चलचित्र ‘कुम्भ’ को रोमान्टिक गीत ‘स्पर्श’ सार्वजनिक
कला, विचार/मनोरञ्जन२०८३ जेष्ठ ८, शुक्रबार ११:०४चलचित्र पत्रकारिता दिवस मनाइयो, सम्मान तथा पुरस्कार प्रदान गर्दै २७औँ वार्षिकोत्सव सम्पन्न
समाचार२०८३ जेष्ठ ८, शुक्रबार ०६:२७आजको मौसमःबागमती सहित ६ प्रदेशमा बर्षाको सम्भावना








