रसुवामा धामी–झाँक्रीभन्दा अस्पतालतर्फ विश्वास बढ्दै

रसुवा, ८ जेठ । जिल्ला अस्पताल धुन्चेमा सेवाको विविधतासहित दक्ष स्वास्थ्यकर्मीको व्यवस्था भएसँगै अहिले उपचार गर्न आउने बिरामीको उल्लेख्य सङ्ख्यामा वृद्धि भएको छ ।
हिमाली जिल्ला रसुवामा चेतनाको अभावका कारण अस्पताल जानुको सट्टा झारफुक एवं तन्त्रमन्त्रका लागि स्थानीय धामी, झाँक्रीमा जाने परम्परागत उपचार विधिमा परिवर्तन आइ अस्पतालततर्फ मानिसको भीडभाड देखिने गरेको छ ।
रसुवा अस्पतालका सूचना अधिकारी योगेन्द्र गुर्मछान मगरका अनुसार पछिल्ला दिनमा साक्षरता दरमा वृद्धि भएको, स्वास्थ्य बिमा कार्यक्रमप्रति आकर्षण बढेको, स्थानीय जनताको आयस्रोत वृद्धि भएको, जिल्लामै व्यावसायिक हिसावले औषधि पसल खुलेको, जिल्लास्थित अस्पतालमा विविधतासहित विशेषज्ञ सेवा सुरु भएको र शिक्षा र सामाजिक सञ्जालका कारण परम्परागत उपचार पद्धतिमा भन्दा अस्पतालको सेवाप्रति विश्वास बढेको देखिन्छ ।
जिल्ला अस्पतालबाट यस वर्ष मात्र २०० भन्दा बढी सेवाग्राहीले फिजियो थेरापी सेवा लिएको, १५ महिलासहित ४३ जनाको सफलतापूर्वक शल्यक्रिया सम्पन्न भएको, एक्स्रे, भिडियो एक्स्रे, उच्च रक्तचाप, रेविज, शर्पदंश, दक्ष जनशक्तिसहित गुणस्तरीय प्रयोगशालामार्फत कलेजो, मृगौला, कोल्स्टोर, रगत, दिशा–पिसाव परीक्षण, चिनी रोग, इसिजीलगायत चिकित्सा विज्ञानअन्तर्गतका आधुनिक सेवा जिल्लामा नै उपलब्ध रहेकाले अस्पतालतर्पm विरामीको चाप बढेको सूचना अधिकारी मगरले जानकारी दिए ।
चालु आवको १० महिनाको अवधिमा ४३९ जनालाई दाँत, ९८७ सामान्य प्रकृतिका, ५९९ ज्येष्ठ नागरिकसमेत विभिन्न तह र तप्काका गरी पाँच हजार ६५५ जनालाई स्वास्थ्य उपचार सेवा प्रदान गरिएको सो अस्पतालका मेडिकल अधिकृत सिजन कार्कीले बताए । यसैगरी एक हजार २६४ लाई साधारण एक्स्रे र ७६३ जनालाई भिडोयो एक्स्रे, एक जनालाई हर्निया र २० जनालाई सामान्व शल्यकृया गरेको अस्पतालले स्प्ष्ट गरेको छ ।
विशेषगरी हिमाली जिल्लाको हावापानी र कुपोषणका कारण हुने रुघा, खाकी, निमोनिया, दम, पेटसम्बन्धी रोग, हर्निया एपेन्डिस्, हाडजोर्नी, एकस्रे र स्त्री रोगसँग सम्बन्धित समस्याबाट पीडित विरामी अस्पताल आउने गरेको मेडिकल अधिकृत सिजन कार्कीले जानकारी दिए ।
बालरोग विशेषज्ञसमेत रहेका जिल्ला अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा अच्युत पौडेलले सरकारको नीतिनिर्देशनलाई पालना गर्दै जिल्लास्थित स्थानीय निकायसहित राजनीतिक पार्टी, नागरिक समाजका प्रतिनिधिसँग समन्वय गरी जनताको गुणस्तरीय स्वास्थ्य सेवा पाउने अधिकार सुनिश्चित गर्न अस्पताल परिवार क्रियाशील रहेको बताए ।रासस
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ चैत्र २९, आईतवार ०७:३८आज वनस्पति दिवसः हरित अर्थतन्त्रको विकासमा जोड
समाचार२०८२ चैत्र २९, आईतवार ०६:३७अतिक्रमित क्षेत्र खाली गराउँदै इनरुवा नगरपालिका
समाचार२०८२ चैत्र २८, शनिबार १६:१०जेनजी घाइतेलाई निःशुल्क एमबीबीएस नियम विपरीत छैन : शिक्षा मन्त्रालय
स्वास्थ्य/जानकारी टिप्स२०८२ चैत्र २८, शनिबार १३:३३निवर्तमान मन्त्री साह पत्नी नियुक्ति प्रकरण-‘जनस्वास्थ्य प्रशासक र बोर्डका निर्देशकलाई सोध्यो स्पष्टीकरण’








