‘अञ्जिला’को युके प्रदर्शनमा एञ्जिला सहभागी नहुने, दर्शकसँग मागिन् माफी

काठमाडौं । नेपालमा ११औँ हप्तामा प्रदर्शन भइरहेको नेपाली चलचित्र ‘अञ्जिला’की मुख्य पात्र तथा नेपाली महिला फुटबल टिमकी कप्तान एञ्जिला तुम्बापो सुब्बाको युके भ्रमण अन्तिम समयमा रोकिएको छ । चलचित्र ‘अञ्जिला’को शनिवार युकेको अल्डरसटमा हुने प्रदर्शनका लागि एञ्जिलाको उपस्थिति निश्चित भएता पनि अन्तर्राष्ट्रिय खेलको कारण भ्रमण रोकिएको आयोजक न्यु होराइजन क्रिएशन लिमिटेड, युकेले जनाएको छ ।
यसबारेमा एञ्जिला आफैँले पनि एक भिडियो सन्देश जारी गर्दै आफ्नो पहिलो प्राथमिकता फुटबल नै रहेको बताएकी छन् । उनले आफू आउने भनेर उत्साहमा रहेका दर्शकसँग माफी माग्दै खेलको कारण चलचित्रको प्रदर्शनमा आउन नपाएको जानकारी गराएकी छन् । भ्रमण रोकिएसँगै युकेस्थित दर्शक तथा शुभेच्छुकहरूमाझ उत्पन्न जिज्ञासा र असन्तुष्टिलाई सम्बोधन गर्दै राष्ट्रिय जिम्मेवारीका कारण भ्रमण स्थगित गरिएको आयोजक संस्थाले एक विज्ञप्ति जारी गर्दै स्पष्ट पारेको छ ।
विज्ञप्तिमा भनिएको छ, “अञ्जिला तुम्बापो सुब्बालाई आगामी थाइल्यान्ड र अन्य देशमा हुने अन्तर्राष्ट्रिय खेलका लागि टोलीको नेतृत्व गर्न, तयारी गराउन, प्रेस कन्फ्रेन्समा सहभागी हुन, बैठकहरूमा उपस्थित हुन र अन्य आधिकारिक प्रक्रिया पूरा गर्न लगायत अग्रिम रूपमा टोलीमा फर्कन बोलाइएको हो । राष्ट्रिय टोलीकी प्रमुख गोलकिपर समेत भएकाले, टिमका अन्य खेलाडीको तुलनामा उनको जिम्मेवारी र आवश्यकता अधिक छ । त्यसैले उनलाई समयमै टोलीमा फर्कन अपरिहार्य भयो ।”
यो चलचित्र एञ्जिलाको वास्तविक जीवनमा आधारित छ । उनको जीवनसंघर्ष र सफलतालाई पर्दामा उतारेको यस चलचित्रले दर्शकहरूबाट उल्लेख्य माया पाइरहेको छ । ‘अञ्जिला’का निर्देशक मिलन चाम्स हुन् भने यसलाई प्रेमकुमार श्रेष्ठले निर्माण गरेका हुन् ।
लेखकको बारेमा

- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ असार २३, सोमबार १७:३०‘कुलिङ अफ पिरियड’ गडबडी छानविन गर्न संसदीय विशेष समिति गठन
कला, विचार/मनोरञ्जन२०८२ असार २३, सोमबार १७:२३‘मोहर’को ‘झुम झुम झुम्किका’मा नाँचे पल र बेनिशा
स्वास्थ्य/जानकारी टिप्स२०८२ असार २३, सोमबार १०:०५लम्पी स्किनबाट पशु सङ्क्रमित हुँदा किसान समस्यामा
समाचार२०८२ असार २३, सोमबार ०७:१२सहकारीका बचतकर्ताकाे पौने चार अर्ब फिर्ता