नेपाली फिल्म ‘पिताम्बर’ र ‘रंगी’ जापानको अन्तर्राष्ट्रिय फेस्टिभलमा, कलाकार टिम जापान प्रस्थान

जापानमा नेपाली फिल्म वितरण गर्दै आएको युना इन्टरटेन्मेन्टले ‘जिन्सेओ एरिगाटो इन्टरनेशनल फिल्म फेस्टिभल २०२५’को नोमिनेसनमा एक्सन विधामा फिल्म ‘पिताम्बर’बाट बेस्ट एक्टरमा सौगात मल्ल, ब्रेक थ्र पर्फमेन्स अनुपविक्रम शाही र बेस्ट निर्देशक कृषा चौलागाई नोमिनेसनमा परेका छन्।। अभिनेता सौगात मल्लको यस फिल्ममा दर्शकले एक्सन पराएका थिए। जापान जानुअघि सौगातले यो अवार्ड कार्यक्रममा सहभागी हुन पाउदा अत्यन्त खुशी लागेको बताए। हलमा प्रदर्शनरत फिल्म पिताम्बरकी निर्देशक कृषा चौलागाइँले यो आफ्नो सफलता भएको बताएकी छन्।
नेपालमा एक्सन जनराको यो खाल्को मेकिङमा निर्देशक कृषाले आँट गरेको भन्दैले धेरैले प्रशंसा गरेका छन्। उनको निर्देशकिय कलालाई दर्शकले मन पराएका छन्। उनले यसअघि फिल्म ‘ऐँचोपैचो’निर्देशन गरेकी थिइन्। जुन फिल्म समिक्षात्मक हिसावले समेत सफल भएको थियो। निर्माता हुँदै निर्देशनमा हात हालेकी कृषाले पछिल्लो फिल्म ‘पिताम्बर’मा चलेका कलाकार राखेर नै निर्देशनमा होमिएकी हन्। जुन फिल्म सफल रुपमा अहिले पनि हलमा चलिरहेको छ।
यता फिल्म ‘रंगी’बाट सलोन बस्नेत बेस्ट एक्टरमा नोमिनेसनमा परेपछि कार्यक्रममा सहभागी हुन जापान उडेका हुन। फेस्टिभलमा विभिन्न देशका फिल्महरू समावेश हुनेछन्।युना इन्टरटेन्मेन्टले जापानमा नेपाली फिल्म वितरण गर्दै आएको छ। युना इन्टरटेन्टमेन्टका प्रमुख उज्ज्वल गुरागाई हुन्। उनले यस फेस्टिभलको मुख्य सहभागि गर्नुको कारण नेपाली फिल्मको बजारलाई देश तथा विदेशमा अझ बिस्तार गर्नु रहेको बताए। कुराकानीका क्रममा उनले भने,‘नेपाली फिल्मलाई अन्तराष्ट्रियस्तरमा पुर्याउन सघाउन पुर्याउने छ भन्नेमा विश्वास हाम्रो टिमले लिएको छ।’
उनको अनुसार यो फेस्टिभल नेपाली फिल्महरूको ऐतिहासिक सफलता हुनेछ। जापानमा नेपाली फिल्मलाई अधिकार लिएर प्रदर्शन तथा प्रचारप्रसारमा युना इन्टरटेन्मेन्ट र उज्ज्वल गुरागाईंको नेतृत्वले गर्दै आएको छ। यस फेस्टिभलको पुरस्कार वितरण समारोह आगामी मे २५, २०२५, साँझ ५ बजे, जापानको मेनिकन कला र संस्कृति मेमोरियल फाउन्डेसन (मुख्य थिएटर आओइ), नागोयामा गरिने छ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ चैत्र २९, आईतवार ०७:३८आज वनस्पति दिवसः हरित अर्थतन्त्रको विकासमा जोड
समाचार२०८२ चैत्र २९, आईतवार ०६:३७अतिक्रमित क्षेत्र खाली गराउँदै इनरुवा नगरपालिका
समाचार२०८२ चैत्र २८, शनिबार १६:१०जेनजी घाइतेलाई निःशुल्क एमबीबीएस नियम विपरीत छैन : शिक्षा मन्त्रालय
स्वास्थ्य/जानकारी टिप्स२०८२ चैत्र २८, शनिबार १३:३३निवर्तमान मन्त्री साह पत्नी नियुक्ति प्रकरण-‘जनस्वास्थ्य प्रशासक र बोर्डका निर्देशकलाई सोध्यो स्पष्टीकरण’








