अनियमितता ठहर भए राजनीतिमा देखा पर्दैन- गृहमन्त्री लेखक

धनुषा/ काठमाडौँ – गृहमन्त्री तथा नेपाली काँग्रेसका नेता रमेश लेखकले काम, कर्तव्य र दायित्व बहनको क्रममा आफूबाट कुनै किसिमको अनियमितता भए वा गरेको ठहर भएमा आफू राजनीतिमा नै देखा नपर्ने बताउनु भएको छ ।
नेपाली काँग्रेस जिल्ला कार्यसमिति धनुषाले जनकपुरधाममा आयोजना गरेको कार्यकर्ता अन्तर्क्रिया कार्यक्रममा गृहमन्त्री लेखकले यस्तो बताउनुभयो ।
गृहमन्त्रालय मातहतको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको अध्यागमन कार्यालयका कर्मचारी आर्थिक अनियमिततामा संलग्न रहेको सन्दर्भलाई इंगित गर्दै मन्त्री लेखकले अनियमिततामा आफ्नो कुनै सहभागिता नरहेको बताउनुभएको हो ।
कार्यक्रममा मन्त्री लेखकले सर्वसाधारण सेवाग्राही जनताको सेवा प्रवाहमा कुनै किसिमको ढिलासुस्ती, र आनाकानी नगरी छिटो छरितो तरिकाले चुस्तरुपमा सेवा प्रवाह गर्न गराउन सरोकारवाला निकायहरुलाई निर्देशन दिएको उल्लेख गर्नुभयो ।
उहाँले नेपाली काँग्रेस विचार र सिद्धान्तपरक राजनीतिबाट जनताको मनमा बसेकोले अन्य राजनैतिक दलको जस्तो हिंसा, अशान्ति र अनुशासनहीनतामा नलागेर संगठनलाई अझ सुदृढ पार्न आग्रह गर्नु भएको छ ।
यसै बीचगृह मन्त्रालयले कुनै पनि गैरकानुनी वा भ्रष्टाचारजन्य कार्यमा मन्त्रालय र नेतृत्वको कुनै प्रकारको संलग्नता नरहेको स्पष्ट पारेको छ ।
गृह मन्त्रालयका सहसचिव छवि रिजालले शनिबार एक विज्ञप्ति जारी गर्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयको घटनासँग मन्त्रालयको नेतृत्वलाई जोडेर समाचार प्रकाशित भएको भन्दै गम्भीर ध्यानाकर्षण गराउनु भएको हो ।
”विगत केही दिनयता त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयको घटनासँग मन्त्रालयको नेतृत्वलाई जोडेर विभिन्न पत्रपत्रिका तथा सामाजिक सञ्जालमा आएका समाचार एवम् क्रियाप्रतिक्रिया प्रति मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ। यस प्रकारका कपोलकल्पित, भ्रामक र आधारहीन समाचार प्रकाशित र प्रसारित भएको प्रति मन्त्रालय दुःख व्यक्त गर्दछ। यस्ता कुनैपनि गैरकानूनी वा भ्रष्टाचारजन्य कार्यमा मन्त्रालयको नेतृत्वको कुनै प्रकारको संलग्नता नरहेको र नरहने विषय स्पष्ट गर्दछौं। साथै, विषयको गम्भीरतालाई मध्यनजर गरी सत्यतथ्य विषयवस्तु मात्र प्रकाशन र प्रसारण गरिदिनु हुन सवैमा अनुरोध गर्दछौं। मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८२ माघ २८, मंगलवार २१:१५चलचित्र विकास बोर्डद्वारा एकहप्ते घोडचढी तालिम सञ्चालन
समाचार२०८२ माघ २८, मंगलवार २०:२०फागुन ३ गतेभित्र निर्वाचन घोषणापत्र सार्वजनिक गर्न आयोगको निर्देशन
स्वास्थ्य/जानकारी टिप्स२०८२ माघ २८, मंगलवार १६:२१गण्डकीमा २१ हजार किशोरीलाई ‘एचपिभी’ खोप लगाइने
कला, विचार/मनोरञ्जन२०८२ माघ २८, मंगलवार १५:२९निखिल उप्रेती–वर्षा सिवाकोटीको फिल्म ‘कस्तुरी’को छायाङ्कन सुरु








