बजेटले जनताको चाहना र राष्ट्रको आवश्यकतालाई सम्बोधन गरेको छ : अर्थमन्त्री पौडेल

काठमाडौं-उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले जनताको चाहना र राष्ट्रको आवश्यकता सम्बोधन हुने गरी यथार्थपरक बजेट ल्याएको बताउनु भएको छ ।
‘स्रोत व्यवस्थापनको सिमाभित्र रहेर जनताको चाहना र राष्ट्रको आवश्यकता सम्बोधन हुने गरी यथार्थपरक बजेट ल्याएका छौं । बजेटले वित्तीय अनुशासन, मितव्ययिता र खर्च कटौतीलाई आत्मसात् गरेको छ, बजेट वक्तव्यपछि संक्षिप्त प्रतिकृया दिँदै अर्थमन्त्री पौडेलले भन्नुभयो-विगतका कमजोरीहरुलाई दोहोरिन नदिने र अर्थतन्त्रका चुनौतीहरु सामना गर्ने गरी बजेट प्रस्तुत भएको छ।‘
अर्थमन्त्री पौडेलका अनुसार बजेटले लगानी, उत्पादन, उत्पादकत्व, उद्यमशिलता र रोजगारी वृद्धिमा जोड दिएको छ । विनियोजन कुशलतातर्फ अभिमुख भएको छ । सिमित स्रोतलाई अत्यधिक प्रतिफलयुक्त कार्यक्रम र आयोजनामा विनियोजन गरिएको छ ।
‘बजेटले उत्पादनका सबै क्षेत्रको मनोबल बढाउनेछ । निजी क्षेत्रलाई लगानीका लागि उत्प्रेरित गर्नेछ ।स्टार्टअफ, युवा, उद्यमीहरुलाई प्रोत्साहित गर्नेछ’,-अर्थमन्त्री पौडेलले भन्नुभयो ।
अर्थमन्त्री पौडेलले सबैपक्षको साथ, सहयोग, सहकार्य र समर्थनमा बजेट कार्यान्वयन गर्ने बताउनु भयो ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८२ माघ २८, मंगलवार २१:१५चलचित्र विकास बोर्डद्वारा एकहप्ते घोडचढी तालिम सञ्चालन
समाचार२०८२ माघ २८, मंगलवार २०:२०फागुन ३ गतेभित्र निर्वाचन घोषणापत्र सार्वजनिक गर्न आयोगको निर्देशन
स्वास्थ्य/जानकारी टिप्स२०८२ माघ २८, मंगलवार १६:२१गण्डकीमा २१ हजार किशोरीलाई ‘एचपिभी’ खोप लगाइने
कला, विचार/मनोरञ्जन२०८२ माघ २८, मंगलवार १५:२९निखिल उप्रेती–वर्षा सिवाकोटीको फिल्म ‘कस्तुरी’को छायाङ्कन सुरु








