प्रतिनिधिसभामा आर्थिक विधेयक पेस

काठमाडौँ, १५ जेठः प्रतिनिधिसभामा आर्थिक विधेयक, २०८२ पेस भएको छ । सभाको आजको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उक्त विधेयक प्रस्तुत गर्नुभएको हो ।
उपप्रधानमन्त्री पौडेलले सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न, केही महसुल, कर, शुल्क र दस्तुर लगाउन, लगाइराखेकालाई चालु राख्न, हेरफेर गर्न तथा राजस्व प्रशासनसम्बन्धी प्रचलितसम्बन्धी केही नेपाल कानुनलाई संशोधन गर्न उक्त विधेयक प्रस्तुत गर्नु परेको जानकारी दिनुभयो ।
बैठकले पूर्वसांसद गणेशबहादुर खड्काको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ । नेपाली कांग्रेसका तर्फबाट २०४८ सालमा प्रतिनिधिसभा सदस्य र २०६४ सालको संविधानसभा सदस्य निर्वाचित हुनुभएका खड्काको ८२ वर्षको उमेर आज निधन भएको थियो ।
प्रतिनिधिसभाको अर्को बैठक यही जेठ २० गते बिहान ११ बजे बस्नेछ ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ चैत्र २९, आईतवार २०:४२प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक,कसको सम्पत्ति कति ?
समाचार२०८२ चैत्र २९, आईतवार १९:१४२ वर्ष सरकारलाई विश्वास गर्नुहोस्, देशमा सुशासन र समृद्धिको लय सुरु भइसक्यो: सभामुख अर्याल
खेलकुद२०८२ चैत्र २९, आईतवार १५:३७दक्षिणकालीमा भिरबाट कार खस्दा एक जनाको ज्यान गयो
कला, विचार/मनोरञ्जन२०८२ चैत्र २९, आईतवार १२:२७राम लामा अविनाशीको ‘क्यार्यो कुन्नि तानसेन बजारले’ सार्वजनिक







