प्रतिनिधिसभामा आर्थिक विधेयक पेस

काठमाडौँ, १५ जेठः प्रतिनिधिसभामा आर्थिक विधेयक, २०८२ पेस भएको छ । सभाको आजको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उक्त विधेयक प्रस्तुत गर्नुभएको हो ।
उपप्रधानमन्त्री पौडेलले सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न, केही महसुल, कर, शुल्क र दस्तुर लगाउन, लगाइराखेकालाई चालु राख्न, हेरफेर गर्न तथा राजस्व प्रशासनसम्बन्धी प्रचलितसम्बन्धी केही नेपाल कानुनलाई संशोधन गर्न उक्त विधेयक प्रस्तुत गर्नु परेको जानकारी दिनुभयो ।
बैठकले पूर्वसांसद गणेशबहादुर खड्काको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ । नेपाली कांग्रेसका तर्फबाट २०४८ सालमा प्रतिनिधिसभा सदस्य र २०६४ सालको संविधानसभा सदस्य निर्वाचित हुनुभएका खड्काको ८२ वर्षको उमेर आज निधन भएको थियो ।
प्रतिनिधिसभाको अर्को बैठक यही जेठ २० गते बिहान ११ बजे बस्नेछ ।
लेखकको बारेमा

- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ जेष्ठ १७, शुक्रबार २१:२९कोटीहोममा देवी प्रतिभाको भव्य बिदाई, हजारौँ भक्तजन भावविह्वल
समाचार२०८२ जेष्ठ १७, शुक्रबार १९:५९कोटीहोममा हिन्दूराष्ट्रको शंखघोष, १४ लाख भक्तजन सहभागी
समाचार२०८२ जेष्ठ १७, शुक्रबार १९:४१बहुविवाह मुद्दामा फरार रहेका नर बहादुर राना पक्राउ
समाचार२०८२ जेष्ठ १७, शुक्रबार १९:३१भोजनलिपि स्वाद तेस्रो संस्करण आउँदै