पूर्वराष्ट्रपति भण्डारी उच्च राजनीतिक भेटवार्तामा व्यस्त

काठमाडौँ- चीन भ्रमणमा रहनुभएकी पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी र तेह्रौ राष्ट्रिय जनकंग्रेसको स्थायी समितिका उपाध्यक्ष तथा चिनियाँ अन्तर्राष्ट्रिय समझदारी संघका अध्यक्ष जी बिङस्वानबीच भेटवार्ता भएको छ ।
उहाँहरु बीच शुक्रबार साँझ गान्सु प्रान्तको डुनह्वाङ शहरमा भेटवार्ता भएको छ।
भेटवार्तामा पूर्व राष्ट्रपति भण्डारी नेपालकाे विकास एवम् नेपाली जनताकाे सुख र शान्तिकाे पक्षमा चीनले बिनाशर्त सहयाेग गर्दै आएकाेमा धन्यवाद दिनु भयो ।
यस्तै पूर्व राष्ट्रपति भण्डारीले दुई देशबीचका समझदारीहरु विभिन्न कारणले कार्यान्वयन हुन विलम्ब भए पनि अब त्यसलाई अगाडि बढाउन दुवै पक्ष क्रियाशल हुनुपर्ने विभिन्न कारणले नेपालमा सरकारमा अस्थिरता हुने गरेपनि जनस्तरमा सम्बन्धलाई बलियाे बनाउन सके नीति र सम्बन्धमा स्थायित्व हुनसक्ने धारणा राख्नु भयो ।
बुद्धकाे जन्मभूमि नेपाल र बुद्धका अनुयायी रहेकाे चीनबीच सम्बन्धका अनेक आयाम रहेकाेले बहुआयामिक सम्बन्ध र सहकार्यले एसियाली सभ्यतनकाे प्रवर्द्धनमा सहयाेग पुग्ने विश्वास भण्डारीको थियो ।
भेटमा चिनियाँ अन्तर्राष्ट्रिय समझदारी संघका अध्यक्ष जी बिङस्वान विद्या भण्डारी राष्ट्रपति हुँदा राष्ट्रपति सी चिन फिङबाट भएकाे नेपाल भ्रमण र साे क्रममा सम्पन्न समझदारीले नयाँ आयाम थपेकाे भन्दै त्यसलाई अझ उचाइमा पुर्याउन मिलेर काम गर्नुपर्नेचीनले कुनै स्वार्थ नराखी नेपाल सरकार र नेपाली जनताकाे चाहना बमाेजिम सहयाेग गर्ने प्रतिबद्धता व्यक्त सिल्क रोड परियोजना मार्फत चीन र नेपालका साथै मध्यपूर्वसम्म जाेड्न सकिने बताउनु भयो ।
चीन सधै स्थिर सरकार र बलियाे नेताबाटै राष्ट्रकाे एकता, समृद्धि हासिल गर्दै अहिलेका चुनाैती सामना गर्न सकिने आफूहरुकाे विश्वास रहेकाे तर कुनै पनि देशकाे प्रणाली र सरकार कस्ताे छान्ने भन्ने निर्णय गर्ने अधिकार त्यहाँका जनताकै हुने भन्ने पक्षमा आफूहरु स्पष्ट रहेकाे समेत उहाँले बताउनु भयो ।
भेटमा नेपाली प्रमण्डल तथा चिनियाँ अधिकारीहरु सहभागी हुनु हुन्थ्यो ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ चैत्र २९, आईतवार २०:४२प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक,कसको सम्पत्ति कति ?
समाचार२०८२ चैत्र २९, आईतवार १९:१४२ वर्ष सरकारलाई विश्वास गर्नुहोस्, देशमा सुशासन र समृद्धिको लय सुरु भइसक्यो: सभामुख अर्याल
खेलकुद२०८२ चैत्र २९, आईतवार १५:३७दक्षिणकालीमा भिरबाट कार खस्दा एक जनाको ज्यान गयो
कला, विचार/मनोरञ्जन२०८२ चैत्र २९, आईतवार १२:२७राम लामा अविनाशीको ‘क्यार्यो कुन्नि तानसेन बजारले’ सार्वजनिक







