मुलचोक बजार टोल विकास संस्थाको अध्यक्षमा पुनः कुल बहादुर झ्यारी मगर निर्वाचित

धादिङ,१७ जेठ
नीलकण्ठ नगरपालिका वडा नम्बर ३ मा गठन गरीएको मुलचोक बजार टोल विकास संस्थाको १२ औँ साधारण सभा तथा ५ औँ अधिवेशन सम्पन्न भएको छ । शनिवार होटल जनजिविकामा एक कार्यक्रमको बिच ५ औँ अधिवेशन सम्पन्न भएको हो । संस्थाको अध्यक्ष कुल बहादुर झ्यारी मगरको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा टोल विकास महासंघ धादिङका अध्यक्ष नर बहादुर श्रेष्ठको प्रमुख आतिथ्यता रहेको थियो ।

अधिवेशनबाट पुनः कुल बहादुर झ्यारी मगरको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरीएको छ । समितिको महिला उपाध्यक्षमा कमला श्रेष्ठ,सचिवमा बुद्धि बहादुर थापा,कोषाध्यक्षमा राजकुमार श्रेष्ठ निर्बिरोध निर्वाचित हुनुभएको छ । इसैगरी सदस्यहरुमा तेज कुमारी सिलवाल,खेम बहादुर श्रेष्ठ,गोकुल न्यौपाने,रामबहादुर बस्याल,गोकुल मगर,गीता श्रेष्ठ र फुलमायाँ रानामगर निर्वाचित हुनुभएको छ ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८२ पुष १४, सोमबार २०:४६च्याउ उत्पादन र व्यापारमा अभिनेता विश्वजित
कला, विचार/मनोरञ्जन२०८२ पुष १४, सोमबार १५:४४नेपाली परिवेशमा आधारित सिट्कम सिरिज ‘लट्ठक’ सार्वजनिक
कला, विचार/मनोरञ्जन२०८२ पुष १४, सोमबार ११:०२आ बाट आमा’को शीर्ष गीतको कभर सङ र अभिनय गर्नुहोस् ५० हजार जित्नुहोस्
समाचार२०८२ पुष १३, आईतवार २१:३७बिचौलिया र गलत पात्रलाई शासनबाट टाढा राखे मात्रै समाज सुध्रिन्छ : मन्त्री शिवराज अधिकारी








