चिल्ड्रेनपार्कमा अन्तर सदनात्मक हिज्जे प्रतियोगिता सम्पन्न,राष्ट्रपति रनिङ शिल्डमा सहभागी हुने विद्यार्थीलाई विदाई

धादिङ,१७ जेठ
धादिङबेसि स्थित चिल्ड्रेनपार्क आवासीय माध्यामिक विद्यालयमा अन्तर सदनात्मक अंग्रेजी हिज्जे प्रतियोगिता सम्पन्न भएको छ ।
शुक्रबार अतिरिक्त कार्यक्रम अन्तरगत कक्षा ३ देखि ५ सम्मका विद्यार्थीहरुको सहभागिता रहेको सदनात्मक प्रतियोगिता सम्पन्न भएको हो ।प्रतियोगितामा रातो सदन प्रथम भएको छ ।प्रतियोगितामा रातो सदनबाट कक्षा ३ का आरोन्स गुरूङ,कक्षा ४ कि सुयोग्या तिमल्सेना र कक्षा ५ का प्रशिष्टा तामाङ प्रथम भएका छन् ।

त्यस्तै द्वितीय हुनेमा हरियो सदनबाट कक्षा ५ कि श्रेया घिमिरे, कक्षा ४ का युभान तामाङ र कक्षा ३ कि अस्मिता पोरे रहेका छन्।प्रतियोगितामा तृतिया स्थान भने पहेलो सदन बाट कक्षा ५ मा अध्यनरत इलियाना श्रेष्ठ, कक्षा ४ कि सोनिया राना र कक्षा ३ कि एन्जिला गुरूङ हुनुभएको छ । प्रतियोगितामा कक्षा ५ बाट श्रेया घिमिरे उत्कृष्ट स्पेलरको उपाधी जित्नुभएको छ ।
विद्यार्थी यस्मिना तामाङको अध्यक्षतामा सम्पन्न भएको प्रतियोगितामा कृतिका घिमिरेको प्रमुख आतिथ्यता रहेको थियो । विद्यार्थी चाँदनी गुरुङको विशेष आतिथ्यतामा सम्पन्न भएको प्रतियोगिताको सन्चालन भने अंग्रेजी शिक्षिकाद्वय रमा दुवाडी र मन्जु गुरूङले गर्नुभएको थियो ।
साथै शुक्रबार नै चिल्ड्रेनपार्क आवासिय माविबाट प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने विद्यार्थीहरुलाई विदाई गरिएको छ । विद्यालयका ५ जना खेलाडी विद्यार्थीहरु लाई अग्रिम शुभकामना सहित विदाइ गरिएको छ ।

धादिङ जिल्लाको प्रतिनिधित्व गर्दै जेठ १७–१९ सम्म दोलखाको चरिकोटमा हुने बागमती प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगितामा सहभागी हुन लाग्नु भएकोले सम्पूर्ण खेलाडीहरूलाई शुभकामना सहित विदाइ गरिएको विद्यालयका प्रधानाध्यापक षष्ठी कुमार श्रेष्ठले जाकारी दिनुभयो । तेक्वान्दो तर्फ खेलाडीहरू विवेक घले, आशिष तामाङ यसैगरी कबड्डीतर्फबाट जीवन श्रेष्ठ, कविता तामाङ र रेजिना तामाङलाई विद्यालयले विदाई गरेको हो ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८२ चैत्र ८, आईतवार २१:३८चलचित्र विकास बोर्डको सहयोगमा निर्माणाधिन तामाङ चलचित्र ‘उर्गेन’ शुभ मुहुर्त
कला, विचार/मनोरञ्जन२०८२ चैत्र ८, आईतवार २१:३५‘कस्तुरी’को अधिकांश छायांकन सकियो, गीत र केही दृश्य बाँकी
समाचार२०८२ चैत्र ८, आईतवार २०:३३तिनाउ खोलामा डुबेर दुई भारतीय पर्यटक बेपत्ता
समाचार२०८२ चैत्र ८, आईतवार १६:५६धौखोलामा झोलुङ्गे पुल निर्माण प्रक्रिया सुरु, धादिङकै दोस्रो लामो पुल बन्ने







