गण्डकीमा यातायात व्यवसायीको विरोध : कालो प्लेटका गाडी थन्किए, हरियो प्लेटलाई प्रहरीको स्कटिङ

पोखरा । गण्डकी प्रदेश सरकारले राइड सेयरिङ र सेल्फ ड्राइभ सेवालाई मान्यता दिने नियमावली ल्याएपछि यातायात व्यवसायीहरूले तीव्र विरोध जनाएका छन् ।
विरोधस्वरूप व्यवसायीहरूले कालो नम्बर प्लेटका सबै गाडीहरू थन्काएर चलाउन बन्द गरेका छन्। यो नियमावलीले परम्परागत यातायात व्यवसायीहरूको व्यवसायमा असर पर्ने भन्दै प्रदेशभर आन्दोलन चर्किएको छ।

यसैबीच, हरियो नम्बर प्लेटका गाडीहरूलाई यातायात व्यवसायीहरूले विरोधका बीच चलेका छन् । यी गाडीहरूलाई प्रहरीले पोखराको नागढुंगाबाट कोत्रेसम्म सुरक्षित रूपमा लैजान स्कटिङ गरिरहेको छ।
यस नियमावलीले एकातर्फ आधुनिक यातायात सेवालाई बाटो खोलिदिएको छ भने अर्कोतर्फ कालो नम्बर प्लेटका गाडीहरू थन्किनु व्यवसायीहरूको असन्तुष्टिले तनाव बढाएको छ। सरकार र व्यवसायीहरूबीच सहमति कायम गर्न छलफलको आवश्यकता देखिएको छ।

पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=18445, citypokhara.com
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ जेष्ठ ८, शुक्रबार १०:१५सानिसा कार्यक्रममार्फत गण्डकीमा लगानी र विकासका सम्भावना उजागर
समाचार२०८३ जेष्ठ ७, बिहीबार १४:५२पार्टी एकता र भावी कार्यदिशाबारे कांग्रेसको गण्डकी भेला पोखरामा हुने
समाचार२०८३ जेष्ठ ७, बिहीबार ०६:१०पोखरामा ‘राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतिष्ठित ट्यालेन्ट शो’ हुने
समाचार२०८३ जेष्ठ ६, बुधबार २२:०९ताङतिङ दुधपोखरी तमु समाजद्वारा विशेष स्वागत तथा सम्मान कार्यक्रम सम्पन्न








