‘माइतीघर’को शीर्ष गीतमा उपासना र श्यामाश्रीको छमछमी

काठमाडौ । रोहित अधिकारीको निर्माणमा तयार भइरहेको फिल्म ‘माइतीघर’का लागि यसको शीर्ष गीतको छायांकन गरिएको छ । बाग्लुङको कालिका मन्दिरमा यो गीतको छायांकन भएको हो ।
गीतको भिडियोमा फिल्मका नायिकाद्धय उपासना सिंह ठकुरी र श्यामश्री शेर्पाको नृत्य हेर्न सकिन्छ । उनीहरुसँगै यो गीतमा ५० बढी कोरसलाई समेत फिचरिङ गरिएको निर्माता रोहित अधिकारीले जानकारी दिए ।
५९ वर्ष अगाडि फिल्म ‘माइतीघर’मा समावेश ‘बसन्त नै बस्न खोज्छ यहाँ लोलाएर’ बोलको गीत आज पनि दर्शकहरुको मुखमा झुन्डिएको छ । सोही गीतलाई रोहितले आफ्नो फिल्म ‘माइतीघर’मा समावेश गरेका हुन् । यो गीतले पनि दर्शकको माया पाउने विश्वास गरिएको छ ।
गीतमा सञ्जिवनीको स्वर, किरण खरेलको शब्द र जयदेवको संगीत छ । गीतको भिडियोलाई कमल राइले कोरियोग्राफी गरेका हुन् ।
फिल्म ‘माइतीघर’लाई दशैंको फूलपातिबाट रिलिज गर्ने घोषणा यसको निर्माणपक्षले गरिसकेको छ । यो फिल्मलाई उत्कृष्ट बनाउन कुनै पनि कसर बाँकी नराखिएको निर्माणपक्षको भनाई छ ।
फिल्म ‘माइतीघर’लाई मिलन तामाङले निर्देशन गरिरहेका छन् । फिल्ममा तामाङ संस्कृतिलाई पनि समावेश गरिएको छ । जुन फिल्मको एक महत्वपूर्ण हिस्सा हो ।
सुसन प्रजापतिको छायांकन रहेको फिल्ममा रोहित अधिकारी, रविन शेरचन र धीरज तामाङको लगानी छ । फिल्मका कार्यकारी निर्माता ईश्वर श्रेष्ठ र निरज कटुवाल हुन् ।
यो फिल्ममा केदार घिमिरे, धिरज मगर, प्रकाश सपुत, उपासना सिंह ठकुरी, श्यामश्री शेर्पा, युवराज लामा, वुद्दि तामाङ, शिशिर वाङ्देल लगायतका कलाकारहरुको अभिनय छ ।
यो फिल्मको छायांकन म्याग्दीको ताकम गाउँ र धारापानी गाउँमा गरिएको छ ।
लेखकको बारेमा

- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ श्रावण १२, आईतवार १८:१८एआई केवल भविष्यको सपना मात्रै नभई वर्तमानको आवश्यकता हो: सभापति देउवा
कला, विचार/मनोरञ्जन२०८२ श्रावण १२, आईतवार १२:३१‘जनै हराएको मान्छे’को नयाँ गीत ‘मसुरीको दाना’ सार्वजनिक
समाचार२०८२ श्रावण १२, आईतवार १२:३०रोटरी क्लब अफ धादिङद्धारा देउराली मा.विमा वृक्षरोपण
समाचार२०८२ श्रावण १२, आईतवार ०९:५२सुक्खा पहिराले बेनी–जोमसोम सडक अवरुद्ध