आज नेदरल्याण्ड्ससँग खेल्दै नेपाल « रिपोर्टर्स नेपाल

काठमाडौं, जेठ २१ । आइसिसी विश्वकप लिग–२ अन्तर्गत आज नेपालले नेदरल्याण्ड्ससँग खेल्दैछ । स्कटल्याण्ड, नेदरल्याण्ड्स र नेपाल सम्मिलित लिग–२ अन्तर्गतको त्रिकोणात्मक सिरिजमा नेपालले दोस्रो खेल नेदरल्याण्ड्ससँग खेल्न लागेको हो ।
खेल नेपाली समयअनुसार स्कटल्याण्डको फोर्टहिल डुन्डीमा दिउँसो पौने ४ बजेदेखि सुरू हुनेछ । नेपालले सिरिजको पहिलो खेलमा स्कटल्याण्डविरूद्ध रोमाञ्चक जित निकालेको थियो । नेदरल्याण्ड्सविरूद्धको पछिल्लो पाँच खेलमा नेपालले दुई जित र तीन हार ब्यहोरेको छ ।
स्कटल्याण्डलाई हराएसँगै नेपाल ८ अंक बनाउँदै अंक तालिकामा पुछारबाट एक स्थान माथि उक्लिएको छ । युएईको ६ अंक छ । २० खेल खेलिसकेको अमेरिका २८ अंक जोडेर शीर्षस्थानमा छ । २६ अंक जोडेको नेदरल्याण्ड्स दोस्रो र ओमान २४ अंकसहित तेस्रो स्थानमा छ ।
यस्तै चौथो स्थानको स्कटल्याण्डले २० अंक जोडेको छ भने समान अंकसहित क्यानडा पाँचौं स्थानमा छ । नामिबिया १४ अंकका साथ छैटौं स्थानमा छ । लिग–२ मा नेपालले स्कटल्यान्ड र नेदरल्यान्ड्ससँग त्रिकोणात्मक सिरिज खेलेपछि यिनै टोलीसँग टी–२० सिरिज पनि खेल्नेछ ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ पुष १३, आईतवार ११:२५त्रिवेणी कप फुटवल प्रतियोगिता सुरु
समाचार२०८२ पुष १३, आईतवार ०६:३७नेपाल मगर संघ धादिङको अध्यक्षमा भिम दर्लामी निर्वाचित
समाचार२०८२ पुष १२, शनिबार २१:१५उत्पादन, प्रशोधन र बजारीकरणमा जोड दिँदै आँकुरा कृषि सहकारी
समाचार२०८२ पुष १२, शनिबार १९:२५एड्भान्स एकेडेमीका विद्यार्थी र अभिभावकको लागि सकारात्मक सोच र मनोपरामर्श कार्यक्रम








