आज नेदरल्याण्ड्ससँग खेल्दै नेपाल « रिपोर्टर्स नेपाल

काठमाडौं, जेठ २१ । आइसिसी विश्वकप लिग–२ अन्तर्गत आज नेपालले नेदरल्याण्ड्ससँग खेल्दैछ । स्कटल्याण्ड, नेदरल्याण्ड्स र नेपाल सम्मिलित लिग–२ अन्तर्गतको त्रिकोणात्मक सिरिजमा नेपालले दोस्रो खेल नेदरल्याण्ड्ससँग खेल्न लागेको हो ।
खेल नेपाली समयअनुसार स्कटल्याण्डको फोर्टहिल डुन्डीमा दिउँसो पौने ४ बजेदेखि सुरू हुनेछ । नेपालले सिरिजको पहिलो खेलमा स्कटल्याण्डविरूद्ध रोमाञ्चक जित निकालेको थियो । नेदरल्याण्ड्सविरूद्धको पछिल्लो पाँच खेलमा नेपालले दुई जित र तीन हार ब्यहोरेको छ ।
स्कटल्याण्डलाई हराएसँगै नेपाल ८ अंक बनाउँदै अंक तालिकामा पुछारबाट एक स्थान माथि उक्लिएको छ । युएईको ६ अंक छ । २० खेल खेलिसकेको अमेरिका २८ अंक जोडेर शीर्षस्थानमा छ । २६ अंक जोडेको नेदरल्याण्ड्स दोस्रो र ओमान २४ अंकसहित तेस्रो स्थानमा छ ।
यस्तै चौथो स्थानको स्कटल्याण्डले २० अंक जोडेको छ भने समान अंकसहित क्यानडा पाँचौं स्थानमा छ । नामिबिया १४ अंकका साथ छैटौं स्थानमा छ । लिग–२ मा नेपालले स्कटल्यान्ड र नेदरल्यान्ड्ससँग त्रिकोणात्मक सिरिज खेलेपछि यिनै टोलीसँग टी–२० सिरिज पनि खेल्नेछ ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८२ चैत्र २९, आईतवार १२:२७राम लामा अविनाशीको ‘क्यार्यो कुन्नि तानसेन बजारले’ सार्वजनिक
समाचार२०८२ चैत्र २९, आईतवार ०७:३८आज वनस्पति दिवसः हरित अर्थतन्त्रको विकासमा जोड
समाचार२०८२ चैत्र २९, आईतवार ०६:३७अतिक्रमित क्षेत्र खाली गराउँदै इनरुवा नगरपालिका
समाचार२०८२ चैत्र २८, शनिबार १६:१०जेनजी घाइतेलाई निःशुल्क एमबीबीएस नियम विपरीत छैन : शिक्षा मन्त्रालय








