रोयल च्यालेन्जर्स पहिलोपटक आईपीएल च्याम्पियन

काठमाडौं, जेठ २१ । इन्डियन प्रिमियर लिग (आइपिएल) मा रोयल च्यालेन्जर्स बैंग्लोरले आफ्नो पहिलो उपाधि जितेको छ । मंगलबार राती सम्पन्न फाइनल खेलमा टोलीले पञ्जाब किंग्सलाई छ रनले पराजित गर्दै उपाधी हात पारेको हो । यससँगै आइपिएलले १८औं सिजनमा आठौं च्याम्पियन टोली पाएको छ ।
यसअघि चेन्नई सुपर किंग्स (पाँच पटक), मुम्बई इन्डियन्स (पाँच पटक), कोलकाता नाइट राइडर्स (तीन पटक), राजस्थान रोयल्स (एक पटक), डेक्कन चार्जर्स (एक पटक), सनराइजर्स हैदराबाद (एक पटक) र गुजरात जायन्ट्स (एक पटक) च्याम्पियन बनिसकेका छन् ।
अहमदाबादको नरेन्द्र मोदी रंगशालामा १ सय ९१ रनको लक्ष्य पछ्याएको पञ्जाबले सात विकेट गुमाउँदै १ सय ८४ रन मात्र बनाउन सक्यो । पञ्जाबका सशंक सिंहले सर्वाधिक ६१ रन बनाए । अविजित रहेका उनले ३० बलमा तीन चौका र छ छक्का प्रहार गरे ।
जोश इङ्लिसले २३ बलमा एक चौका र चार छक्कासहित ३९ रन बनाए । प्रभसिमरन सिंहले २२ बलमा दुई छक्कासहित २६ रन बनाए । प्रियांश आर्य २४ र नेहल वधेरा १५ रनमा आउट भए । बैंग्लोरलाई उपाधि दिलाउन भुवनेश्वर कुमार र कृणाल पाण्ड्याले समान दुई विकेट लिएका थिए ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ चैत्र २९, आईतवार ०७:३८आज वनस्पति दिवसः हरित अर्थतन्त्रको विकासमा जोड
समाचार२०८२ चैत्र २९, आईतवार ०६:३७अतिक्रमित क्षेत्र खाली गराउँदै इनरुवा नगरपालिका
समाचार२०८२ चैत्र २८, शनिबार १६:१०जेनजी घाइतेलाई निःशुल्क एमबीबीएस नियम विपरीत छैन : शिक्षा मन्त्रालय
स्वास्थ्य/जानकारी टिप्स२०८२ चैत्र २८, शनिबार १३:३३निवर्तमान मन्त्री साह पत्नी नियुक्ति प्रकरण-‘जनस्वास्थ्य प्रशासक र बोर्डका निर्देशकलाई सोध्यो स्पष्टीकरण’








