कलाकार तथा प्राविधिकलाई सम्मान गर्दै ‘पिताम्बर’टीमले मनायो ५१ दिन

कलाकार तथा प्राविधिकलाई सम्मान गर्दै ‘पिताम्बर’टीमले मनायो ५१ दिन


काठमाडौँ।
गत चैत २९ गतेबाट प्रदर्शनमा आएको फिल्म ‘पिताम्बर’ बिहिबार ५१ दिन मनाएको छ। यो फिल्मले रञ्जना सिनेप्लेक्स,विश्वज्योती,बिएसआर र बीग मुभिजमा ५१ दिन मनाएको हो । निर्माण पक्षले फिल्मको एकाउन्न दिन मनाउदै ‘पिताम्बर २’को घोषणा समेत गरेको छ।

बिहिबार निर्माण पक्षले रञ्जना सिनेमा हलमा एक कार्यक्रमबीच फिल्मले ५१ दिन मनाएपछि कलाकार र प्राविधिकलाई सम्मान गरेको छ। पत्रकारहरुलाई समेत यो खुशीयालीमा सम्मानपनत्र दिदै सोही समारोहमार्फत दोस्रो श्रृंखला ल्याउने निर्माण पक्षले घोषणा गर्यो। कार्यक्रममा निर्देशक कृषा चौलागाईं, निर्माता विशाल चौलागाईं, छायांकार तथा सह–निर्माता पुरुषोत्तम प्रधान, कलाकार सौगात मल्ल, अनुपविक्रम शाही,प्रमोद अग्रहरिका साथमा सञ्चारकर्मीको बाक्लो उपस्थिती रहेको थियो।

 सोही क्रममा फिल्म निर्देशक चौलागाईंले सबैको साथ र सहयोगले आज पिताम्बले ५१ औँ दिन पार गर्न सम्भव भएको बताउँदै सबैलाई धन्यवाद दिइनु। यो सफलतामा निकै उत्साहित रहेकी कृषाले अबको फिल्ममा कमीकमजोरीलाई सच्याउदै आगामी दिनमा झन राम्रो फिल्म दर्शकलाई दिने बताईन्। उनले भनिन्,‘यो फिल्ममा भएका गल्ती अर्को फिल्ममा सुधार्दै अझै बुलन्द काम गर्नेछु।’ केहि दिनअघि जापानमा समेत बेष्ट निर्देशकको अवार्ड यसै फिल्मबाट हात पारेकी कृषाको पहिलो निर्देशकिय फिल्म ‘ऐचो पैचो’हो। जुन समिक्षात्मक रुपमा सफल देखिन्थ्यो।

यस फिल्ममा प्रदीप खड्का सौगात मल्ल,आर्यन सिग्देल, अनुपविक्रम शाही, दयाहाङ राई,सुरक्षा पन्त, गौरी मल्ल, रवीन्द्र झा, प्रमोद अग्रहरी, आर्यन सिग्देल,कामेश्वर चौरासिया,टिका पहाडी,सुलभ पहाडी, सुरवीर पण्डित,विशाल पहाडी, दिव्यदेव पन्त,सुपुष्पा भट्ट, दिव्या रायमाझी लगायतका कलाकारको पनि अभिनय छ।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
यो पनि पढ्नुहोस् :  ‘सिठ्ठी बजाउँदै’ मा राहुल र प्रियंकाको धमाकेदार नृत्य
लेखकसँग सम्बन्धित खबरहरु

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 0   +   9   =  

Protected by Spam Master