त्रिभुवन राजपथ स्तरोन्नतिको काम अझै सकिएन, यही जेठ ३० गतेसम्म दैनिक ६ घण्टा बन्द हुने

धादिङ- संघीय राजधानी काठमाण्डौँ भित्रने प्रमुख मार्ग त्रिभुवन राजपथको स्तरोन्नतिको काम यही जेठ २५ गतेसम्म भनिएकोमा जेठ ३० गतेसम्म पुर्याइएको छ । राजमार्ग स्तरोन्नतिको क्रममा पुनःपाँच दिन सवारी बन्द हुने भएको छ ।
गत शनिवार १० गतेदेखि १५ दिनको लागि दैनिक ६ घण्टा बन्द गरी निर्माणको काम गर्ने भनिएको भएपनि काम नसकिएपछि पुनः पाँच दिनको म्याद थप गरेको नागढुङ्गा मुग्लिन सडक आयोजना पूर्वी खण्डका प्रमुख केशव ओझाले जानकारी दिनु भएको हो।
स्तरउन्नतिसहित निर्माणधीन अवस्थामा रहेको सो सडक निर्माण सुधारका लागि गत १० गते शनिवारदेखि लागु हुने गरी २५ गते आइतवारसम्मका लागि दैनिक विहान १०ः३०देखि मध्यान्न ३ बजेसम्म बन्द गरी सडक निर्माणसहित सुधारको काम हुदै आएको छ।
जिल्ला प्रशासन कार्यालय काठमाण्डौँमार्फत जिल्ला प्रशासन कार्यालय धादिङलाई समन्वय गर्दै नागढुङ्गा मुग्लिन सडक आयोजनले बन्दको सुचना जारी गरेको हो ।
राजमार्ग भएर संघीय राजधानी प्रवेशका लागि आउने र राजधानीबाट बाहिरिने सबै सवारी साधनहरुले आफ्नो लेन अनुसासनमा रही सवारी हाँक्न र ट्राफिक नियमको पालन गर्न सवारी चालकहरुलाई आग्रह समेत गरिएको छ ।
सो समयमा अत्यावश्यक सवारीका साधनहरु विरामी बोकेका एम्वुलेन्स, प्रहरीका सवारी र दमकल जस्ता सवारी साधनहरु भने चल्न पाउने छन् ।
सो राजमार्ग हुँदै दैनिक सत्र हजारको हाराहारीमा सवारीका साधनहरु गुड्ने गर्छन ।
बन्दको समयमा राजधानी प्रवेशका लागि आएका साना र हल्का तथा मझौला सवारी साधनहरुले धार्के- सितापाइला-सामाखुशी-टोखा छहरे- त्रिशुली- गल्छी सडक प्रयोग गर्न समेत आयोजनाले आग्रह गरेको छ ।।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
स्वास्थ्य/जानकारी टिप्स२०८३ जेष्ठ ८, शुक्रबार २२:५९क्यान्सरको उपचारमा प्रयोग हुने औषधि अभाव
खेलकुद२०८३ जेष्ठ ८, शुक्रबार १७:३३अमेरिकाविरुद्धको खेलमा नेपालले सहज जित
कला, विचार/मनोरञ्जन२०८३ जेष्ठ ८, शुक्रबार ११:१५चलचित्र ‘कुम्भ’ को रोमान्टिक गीत ‘स्पर्श’ सार्वजनिक
कला, विचार/मनोरञ्जन२०८३ जेष्ठ ८, शुक्रबार ११:०४चलचित्र पत्रकारिता दिवस मनाइयो, सम्मान तथा पुरस्कार प्रदान गर्दै २७औँ वार्षिकोत्सव सम्पन्न









