सहयात्री समाज नेपालको ७औं अधिवेशन सम्पन्न, अध्यक्षमा उर्मिला रेग्मी चयन

धादिङबेशी , २४ जेठ । सहयात्री समाज नेपालले आज विशेष साधारणसभा तथा ७औं अधिवेशन सम्पन्न गरेको छ। अधिवेशनले सर्वसम्मत रुपमा उर्मिला रेग्मीको अध्यक्षतामा नयाँ ९ सदस्यीय कार्यसमिति चयन गरेको छ।
कार्यसमितिमा उपाध्यक्षमा संगिता कँडेल दिपा, सचिवमा सुशीला भण्डारी, कोषाध्यक्षमा अम्बिका घिमिरे श्रेष्ठ, सहसचिवमा सिमरन सुनार चयन हुनु भएको छ।
त्यसैगरी, सदस्यहरूमा सुशीला घिमिरे, मिना खान ठकुरी, आकृती कट्टेल र उर्मिला श्रेष्ठ चयन हुनुभएको छ।
सर्वसम्मत चयन भएका नयाँ नेतृत्वलाई सम्पूर्ण सदस्यहरू, शुभेच्छुक तथा समाजसेवीहरूबाट हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरिएको छ।
सहयात्री समाज नेपालले सामाजिक सेवा, महिला सशक्तिकरण, शिक्षा तथा जनचेतना अभिवृद्धिमा योगदान दिँदै आएको छ। नयाँ नेतृत्वले संस्थालाई अझ सक्रिय र प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेको छ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
स्वास्थ्य/जानकारी टिप्स२०८३ जेष्ठ ८, शुक्रबार २२:५९क्यान्सरको उपचारमा प्रयोग हुने औषधि अभाव
खेलकुद२०८३ जेष्ठ ८, शुक्रबार १७:३३अमेरिकाविरुद्धको खेलमा नेपालले सहज जित
कला, विचार/मनोरञ्जन२०८३ जेष्ठ ८, शुक्रबार ११:१५चलचित्र ‘कुम्भ’ को रोमान्टिक गीत ‘स्पर्श’ सार्वजनिक
कला, विचार/मनोरञ्जन२०८३ जेष्ठ ८, शुक्रबार ११:०४चलचित्र पत्रकारिता दिवस मनाइयो, सम्मान तथा पुरस्कार प्रदान गर्दै २७औँ वार्षिकोत्सव सम्पन्न









