उपल्लो मुस्ताङमा छात्रावास भवन शिलान्यास

मुस्ताङ- भारत सरकारको आर्थिक अनुदान सहयोगमा मुस्ताङको लोमान्थाङ गाउँपालिका–२ छोसेरस्थित दिव्यदीप माध्यमिक विद्यालयमा छात्रावास तथा चमेनागृह भवन निर्माण गरिने भएको छ । त्यसै प्रयोजनार्थ लोमान्थाङ गाउँपालिका अध्यक्ष टसिन्हर्वु गुरुङ र भारतीय राजदूतावासका नियोग उपप्रमुख प्रसन्न श्रीवास्तवले आज एक समारोहबीच संयुक्त रूपमा भवनको शिलान्यास गर्नुभयो ।
नेपाल–भारत विकास साझेदारी सहयोगअन्तर्गत उक्त विद्यालयमा दुई तलाको विद्यार्थी छात्रावास भवन तथा चमेनागृह भवन निर्माण हुनेछ । भारत सरकारको ८० प्रतिशत र लोमान्थाङ गाउँपालिकाको २० प्रतिशत लागत साझेदारी रहनेगरी विद्यालयको दुई तलाको २४ कोठे छात्रावास भवन तथा चमेनागृह भवनको पूर्वाधार निर्माण हुने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विकास केसीले जानकारी दिनुभयो । रु चार करोड ३० लाख लागतमा रेन्बो कन्स्ट्रक्सनसँग १५ महिनामा निर्माण सम्पन्न गर्नेगरी सम्झौता भएको उहाँले बताउनुभयो ।
शिलान्यास कार्यक्रममा भारतीय दूतावासका नियोग उपप्रमुख श्रीवास्तव र लोमान्थाङ गाउँपालिका अध्यक्ष गुरुङसहित दूतावासका अधिकारी विनय आनाद, गाउपालिका उपाध्यक्ष छ्युमी बिष्ट गुरुङ, लोघेकर दामोदरकुण्ड गाउँपालिका अध्यक्ष लोप्साङ छोम्फेल बिष्ट ९राजु०, लोमान्थाङ गाउँपालिकाका वडाध्यक्षलगायतको उपस्थिति रहेको थियो ।
दूतावासका नियोग उपप्रमुख श्रीवास्तवले नेपाल—भारत सम्बन्ध सांस्कृतिक तथा सामाजिक रूपमा परापूर्वकालदेखि चल्दै आइरहेको बताउनुभयो । उहाँले नेपाल—भारत विकास साझेदारीको अवधारणाअन्तर्गत छात्रावास भवनको शिलान्यास गर्न पाउँदा गौरवान्वित महसुस भएको उल्लेख गर्नुभयो ।
गाउँपालिका अध्यक्ष गुरुङले भारत सरकारले यहाँको शैक्षिक, स्वास्थ्य र सांस्कृतिक विकास र पूर्वाधारमा पुर्याएको योगदानको प्रशंसा गर्नुभयो ।
उत्तरी चीनको स्वशासित क्षेत्र तिब्बतसँग सिमाना जोडिएको उपल्लो मुस्ताङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाअन्तर्गत उक्त विद्यालय एक मात्र माध्यमिक तहको विद्यालय हो । हाल यहाँ मुस्ताङसहित विभिन्न जिल्लाका ६४ जना विद्यार्थीले आवासीय छात्रावास सुविधासहित पठनपाठन गर्दै आइरहेका विद्यालयका प्रधानाध्यापक कमलेशकुमार त्रिपाठीले जानकारी दिनुभयो ।
लेखकको बारेमा

- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ असार २०, शुक्रबार १७:२२योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली यही साउनदेखि लागु हुने
स्वास्थ्य/जानकारी टिप्स२०८२ असार २०, शुक्रबार १५:०६एक हप्तामा ३५ जनामा कोरोना सङ्क्रमण « रिपोर्टर्स नेपाल
कला, विचार/मनोरञ्जन२०८२ असार २०, शुक्रबार १३:१८‘माग्ने राजा’ टिजरको प्रतिक्रियाले उत्साहित केदार घिमिरे
खेलकुद२०८२ असार २०, शुक्रबार ०९:३९बाह्र वर्ष लगाएर खेलमैदान निर्माण « रिपोर्टर्स नेपाल