धादिङ अस्पतालमा प्रविधि छ प्राविधिक छैन सेवाग्राही मारमा

धादिङ अस्पतालमा प्रविधि छ प्राविधिक छैन सेवाग्राही मारमा

 धादिङ- धादिङ अस्पतालमा नयाँ सेवाको रूपमा सुरु गरेको ईन्डोष्कोपी सेवा दक्ष प्राविधिकको अभावका कारण बिथलिएको छ ।
अहिले सो सेवा लिन आएका बिरामीहरू राजधानी काठमाडौँ लगाए अन्यत्र जानु पर्ने बाध्यतामा छ । पेट सम्बन्धी विभिन्न रोगहरू पत्ता लगाउनका लागी गरिने ईण्डोस्कोपी सेवा एक दिन मात्रै सञ्चालनमा आएको थियो ।
सामान्य तय अस्पतालकै सर्जनहरूले सो सेवा दिँदै आएको भए पनि अहिले भएकाहरू सर्जनहरूले सेवा नदिँदा बिरामीहरू समस्यामा परेको हो । धादिङ अस्पतालमा डाक्टर गगन अधिकारी र नवीन महासेट सर्जनको रूपमा जागिर खाँदै आएको छ ।
डाक्टर नवीन महासेट धादिङ अस्पतालमा कार्यरत भए पनि सातमा पाँच दिन काठमाडौँ बस्दै आएका छन् । भने डाक्टर गगन अधिकारी धादिङ अस्पतालका निमित्त निर्देशक हुन् ।
डाक्टर अधिकारीले डाक्टर महासेटलाई अस्पतालको नियम विपरीत अध्ययन बिदामा पठाएको खुलासा भएको छ । यसो त डाक्टर महासेटले सातामा दुई दिन काम गरेर छ नै दिनको हाजिर समेत गर्ने गरेको अस्पताल श्रोतले जनाइएको छ ।
निमित्त अस्पताल निर्देशक डाक्टर गगन अधिकारी भने अस्पतालबाट सेवाग्राहीलाई प्रदान गर्ने सेवा चुस्त बनाउनु भन्दा पनि राजनीतिक भेटघाटमा व्यस्त हुने भएकोले पछिल्लो समय धादिङ अस्पतालमा थप समस्या आएको छ ।
निज अधिकारीले केही दिन अघि आफ्नै कर्मचारीलाई दुर्व्यवहार गरेको भन्दै विवादमा समेत मुछिएको थियो ।
कर्मचारी बिच भएको आपसी विवादको मारमा सर्वसाधारण पर्न थालेसँगै स्थानीयले सो विवाद मिलाई अस्पतालको सेवा चुस्त बनाउन माग गर्दै आएको छ । सोको मारमा समेत धादिङका सेवाग्राहीहरू पर्दै आएका छन् ।
अझै धादिङ अस्पतालमा कार्यरत प्राविधिक कर्मचारीहरू त कार्यालय समयमा समेत निजी पोलिक्लिनीकमा र अस्पतालहरूमा काम गर्न जाँदा समेत व्यवस्थापन पक्ष समेत मूकदर्शक मात्रै बनेर बसेको छ ।
जसका कारण पनि उपचारका लागी धादिङ अस्पताल आएका बिरामीहरू महँगो शुल्क तिरेर निजी अस्पताल र मेडिकलमा उपचारका लागी धाउनु पर्ने बाध्यता रहेको बत्ताउँछन् ।
सरकारी अस्पतालमा यस्तो बेथिति मौलाउँदा समेत सुधारका लागी न त अस्पताल व्यवस्थापन पक्ष जागरूक छन् नत स्थानीय प्रशासनै सक्रिय छ । यसोको प्रत्यक्ष मार धादिङका स्थानीयहरू परेका छन् ।
अस्पतालमा भएका बेथितिका बारेमा स्थानीय प्रशासन समेत जानकार भने रहेको छ । अस्पतालको विषयमा बुझनका लागी निमित्त अस्पताल निर्देश गगन अधिकारीसँग सम्पर्क गर्न खोज्दा सम्पर्कमा आउन चाहनु भएन ।
Enter
Kshetri
धादिङ अस्पतालमा प्रविधि छ प्राविधिक छैन सेवाग्राही मारमा

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 3   +   3   =  

Protected by Spam Master