कोटिहोमको उद्घोषणमा जमेका दुई भाइ

पोखरा । पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा उपस्थित भक्तजनलाई उद्घोषकले मन्त्र मुग्ध बनाउने गरेको छ । जति पनि भक्तजन कोटिहोम दर्शन गर्न आउँछन् सबैले खुलेरै तारिफ गर्ने दुई नाम छ कोष भारद्वाज र दीप काफ्ले ।
हुन पनि यी दुई भाइको कार्यक्रम सञ्चालन गर्ने क्षमता अद्भुत छ जसका कारण भक्तजन आनन्दित हुने गरेका छन् । उनीहरू कार्यक्रम उद्घोषणसँगै कोटिहोममा आउने सबै उमेर समूहका भक्तजनसँग घुलमिल हुने क्षमता पनि उत्तिकै छ र त भक्तजनको अपार माया पाएका छन् ।
कोटिहोममा यी दुई भाइले लगातार कार्यक्रम उद्घोषण गरिरहेका छन् । बिहानको समयमा दीप काफ्ले र मध्यान्हको समय पछि कोष भारद्वाज । लगातार कार्यक्रम उद्घोषण गर्दै गर्दा पनि उनीहरूको स्वरमा कुनै समस्या छैन । उनीहरूको कोकिल स्वर जब कोटिहोममा गुञ्जायमान हुन थाल्छ तब पोखरा जारी कोटिहोमले थप रौनकता पाउँछ । कोटिहोम दर्शन गर्न आउने भक्तजन दुई जनाको उद्घोषण गर्ने शैलीको खुलेर तारिफ गर्ने गरेका छन् ।
सल्यान जिल्लाको साबिक काल्चे गाविस हात्तिदमारमा जन्म भई हाल बाँके जिल्लाको कोहलपुर नगरपालिका वाड न १३ मा स्थायी बसोबास गरी उद्घोषण कलालाई जीवनको मेरुदण्ड बनाइएका सु–प्रसिद्ध उद्घोषक कोष भारद्वाज अध्यात्म क्षेत्रको एक सशक्त र कर्मनिष्ठ नामको रूपमा आफूलाई परिचित गराएका छन् ।
२०६८ सालबाट रेडियो कोहलपुर एफ.एमबाट उद्घोषण सुरु गरेका भारद्वाज विभिन्न अद्यौगिक व्यापार मेला, धार्मिक तथा शैक्षिक महोत्सवमा कार्यक्रम सञ्चालन गरी आफूलाई अब्बल बनाएका छन् । उनको जादुमय वाक्पटुताले सबैको मन छोएको छ ।
भारद्वाजले वैदिक सनातन धर्म जागरणमा महत्त्वपूर्ण योगदान पुर¥याउदै आएका छन् । उनको वाक्पटुताले योगदानको कदर गर्दे धेरै धार्मिक तथा अन्य संघ संस्थाबाट सम्मान पाइसकेका छन् । उनै हँसिलो स्वभावका भारद्वाज पोखरामा जारी कोटिहोमको मञ्चमा उभिएर जब कोकिल स्वरमा सबैलाई जय जयकारका वाणी प्रस्तुत गर्छन् सहभागी भक्तजनहरूबाट दुई हात माथि उचाली उनकै पछि जोडले जय जयकारको गुञ्जायमान छुट्छ । नेपालमा नै भारद्वाजका जसरी उद्घोषण गर्ने व्यक्ति कमै जन्मने भक्तजनले बताउने गरेका छन् । उनै भारद्वाजको बिहिवार(आज) जन्म दिन पनि रहेको छ । उनलाई महायज्ञका सङ्कल्पकर्ता बालयोगेश्वर श्री विजय कृष्णमूर्तिजी महाराजले माला लगाई जन्मदिनको शुभकामना दिएका थिए ।
यस्तै नवलपुरको कावासोती नगरपालिका –६ मा धार्मिक सामाजिक परिवेशमा जन्मे हुर्केका दीप काफ्लेको साङ्गीतिक यात्रा भजनबाट नै प्रारम्भ भएको हो । गाउँ घरमा भजन गाउने र अभिनय गर्ने विभिन्न प्रतियोगितामा सहभागी भएर धेरै ठाउँमा विजेता समेत भए । बिस्तारै भजनमा हिंड्न् थाले जसले गर्दा अखण्ड भजन लोक चुड्का गाउँदै उनले आफूलाई सशक्त बनाउँदै लगे । यसैको फलस्वरूप उनी अहिले सफल उद्घोषकको उपमा पाएका छन् ।
आफूलाई साङ्गीतिक क्षेत्रमा पनि अगाडि बढाइरहेका उनी गाउँको दुर्गा मन्दिरमा हरेक वर्ष हुने भागवतमा होस् वा दसैँको बेला हुने देखाइने देवी लीलाका झाँकीमा सहभागिता रहन्छ । गाउँमा बुढा पाकाले भजन गाउने अनि झाँकी लीला देखाउने कार्यमा पनि दीप सरिक हुन्छन् जसका कारण उनी सबैको लोकप्रिय बन्दै गएका छन् ।
ठूलठूला धार्मिक महोत्सवमा भागवत, धनधान्यान्चलमा गायन अभिनय, कार्यक्रम सञ्चालन गर्दै देशका धेरै जिल्लासँग प्रत्यक्ष साक्षात्कार गर्ने उनले अवसर पाएका छन् । उनी हार्मोनियम, मादल, खैजेडी, मजुरा जस्ता बाध्य बाजन बजाउन माहिर छन् ।
भजन गाउँदा गाउँदै उनको रुचि मोडलिङतर्फ मोडियो र उनै दीपले एक दर्जन जति म्युजिक भिडियो समेत गरेका छन् । अग्लो उचाइ, मुहारमा झ्वाम्म दारीमा देखिने दीप शालीनता र आफ्नो मुस्कानसहितको प्रस्तुतिमा जब पोखरको कोटिहोममा आधे आधे होइन के आम राधे राधे भन्दै गर्दा कोटिहममा सहभागी भक्तजन जोडले भन्छन् राधे राधे । कलाकारितासँगै विभिन्न सामाजिक कार्यमा समेत सहभागी हुने गरेका दीप धेरै ठाउँमा सम्मान पाइसकेका छन्।
महायज्ञका सङ्कल्पकर्ता बालयोगेश्वर श्री विजय कृष्णमूर्तिजी महाराजले पनि यी दुई भाइलाई खुलेरै तारिफ गर्ने गरेका छन् । ‘उहाँहरूको उद्घोषण कलाको हामीले जति नै तारिफ गरे नि कमी हुन्छ’ महाराज भन्छन्, ‘कोटिहोमलाई उद्घोषणको कला मार्फत सफल बनाउनका लागि उहाँहरूको योगदान अतुलनीय छ ।’ दुई महिना लामो उद्घोषणको जिम्मा लिएका यी दुई भाइको चर्चा यति वेला जता ततै चलेको छ ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ चैत्र २९, आईतवार ०७:३८आज वनस्पति दिवसः हरित अर्थतन्त्रको विकासमा जोड
समाचार२०८२ चैत्र २९, आईतवार ०६:३७अतिक्रमित क्षेत्र खाली गराउँदै इनरुवा नगरपालिका
समाचार२०८२ चैत्र २८, शनिबार १६:१०जेनजी घाइतेलाई निःशुल्क एमबीबीएस नियम विपरीत छैन : शिक्षा मन्त्रालय
स्वास्थ्य/जानकारी टिप्स२०८२ चैत्र २८, शनिबार १३:३३निवर्तमान मन्त्री साह पत्नी नियुक्ति प्रकरण-‘जनस्वास्थ्य प्रशासक र बोर्डका निर्देशकलाई सोध्यो स्पष्टीकरण’







