कर्मचारी आवश्यकता सम्वन्धी सूचना

कर्मचारी आवश्यकता सम्वन्धी सूचना

 

प्रथम पटक प्रकाशन मितिः २०८२।०२।३०

हेफर इन्टरनेशनल नेपालको आर्थिक सहयोग तथा एक्सन नेपालको सहजीकरणमा सञ्चालित Innovations in Agri-Livestock Value Chains परियोजना अन्तर्गत तरकारी मुल्य श्रृंखला कार्यक्रम सञ्चालनका लागि तपसिलमा उल्लेखित पदको लागि कर्मचारीहरूको आवश्यकता भएकोले रित पुगेका नेपाली नागरिकहरूबाट यो सूचना प्रकाशन भएको मितिले १० दिनभित्र दरखास्त आह्वान गरिन्छ ।

१. आवश्कता सम्बन्धी विवरण:

क) पद: परियोजना संयोजक तथा व्यवसाय विकास अधिकृत

पद संख्या: १ जना

न्युनतम योग्यता र कार्यानुभव:

  • कृषि अर्थशास्त्र वा कृषि बिषयमा स्नातक वा सो सरह उतिर्ण गरी कम्तीमा २ वर्ष सामुदायिक विकास र तरकारीको मुल्य श्रृंखलामा काम गरेको अनुभव भएको ।
  • प्रस्तावना तथा प्रतिवेदन तयार, योजना तथा बजेट निर्माण सम्बन्धि अनुभव भएको ।
  • परियोजना कार्यान्वयन, अनुगमन तथा मुल्याङ्कनको अनुभव, ज्ञान र सीप भएको ।
  • सानाकिसान सवलिकरण तथा उद्यमशिलता कार्यक्रम सम्बन्धि ज्ञान, सीप र अनुभव भएको ।
  • कर्मचारी व्यवस्थापन तथा परिचालन, तालिम व्यवस्थापन र सहजिकरण, सम्वन्धी ज्ञान, सीप भएको ।
  • कृषि तथा पशु वस्तुमा आधारित व्यवसाय तथा उद्यमशिलता विकासमा महिला तथा यूवाहरूको सहभागिता र सामाजिक परिचालनमा विशेष दक्षता भएको ।
  • व्यवसायिक योजना निर्माण सम्बन्धि सीप र अनुभव भएको ।
  • स्थानीय सरकार र अन्य सरोकारवाला संग समन्वय र सहकार्य गरी कार्य गर्न सक्ने ।
  • कम्प्युटर (micro-soft word, excel, power point, internet) सम्बन्धी दक्षता भएको ।
  • मोटरसाइकल चालक अनुमती पत्र (लाइसेन्स) भएको
  • कम्तीमा ८० प्रतिशत समय अवधि परियोजना क्षेत्रमा दिन सक्ने ।

मुख्य जिम्मेवारी:

  • परियोजनामा योजना गरेका कृयाकलापहरूको तोकिएको समयमा गुणस्तरीय तथा प्रभावकारी कार्यान्वयन गर्ने ।
  • सहकारी तथ प्रशोधन केन्द्रको व्यवसायको अबसर, सम्भावना तथा चुनौतिहरू पहिचान गरि व्यवसाय विस्तार गर्न सहजिकरण गर्ने ।
  • परियोना क्षेत्रका कृषकहरू र उत्पादनको म्यापिङ्ग तथा तथ्याङ्क संकलन र बजारको माग तथा आपूर्तिको मुल्याङ्कन गरि प्रशोधन केन्द्र तथा बजारसँग सम्बन्ध स्थापित गर्ने ।
  • सहकारी तथा प्रशोधन केन्द्रको व्यवस्थापन, सञ्चालन तथा आवश्यक सुधारका लागि सहजिकरण गर्ने ।
  • फिल्ड स्तरिय बैठक, तालिम तथा कार्यशाला गोष्ठी सञ्चालन तथा सहजीकरण गर्ने  ।
  • परियोजना का कर्मचारीहरूको क्षमता अभिवृद्धि गर्दै परियोजना कार्यक्षेत्रका किसानहरूलाई प्राविधिक सेवाप्रदान गर्ने ।
  • परियोजना कार्यक्षेत्रका तथ्याङ्क संकलन तथा अध्यावधिक गरि संस्था तथा सरोवारबाला निकायमा पेश गर्ने ।
  • मासिक तथा आवधिक प्रतिवेदन तयार गरि संस्थातथा सरोकारवाला निकायमा पेश गर्ने
  • सहकारी तथा तरकारी प्रशोधन केन्द्रको व्यवसाय बिस्तारका लागि मूल्य श्रृख्लाका पात्रहरूसँग सम्पर्क तथा समन्वयगरि व्यवसायिक सम्बन्ध स्थापित गर्ने ।
  • सहकारी तथा प्रशोधन केन्द्रद्वारा उत्पादित उत्पादनहरूको ब्रान्डिङ्ग तथा बजारीकरणमा सहजिकरण गर्ने ।
  • तरकारी प्रशोधन केन्द्रको व्यवसायिक योजना, दिर्घकालिन तथा रणनैतिक योजना तयार गरि कार्यन्वयन गर्न सहजिकरण गर्ने ।
  • परियोजना सञ्चालन तथा कार्यन्वयनकालागि सरकोकारवाला निकायहरूसँग सम्पर्क तथ समन्वय गर्ने
  • परियोजनाका असल अभ्यास, सफलताका कथा, सिकाई तथा चुनौतिहरूको अभिलेखिकरण तथा दस्तावेजिकरण गर्ने ।

ख) पद: लेखापाल

पद संख्या: १ जना

न्युनतम योग्यता र कार्यानुभव:

  • Account/Finance विषयमा Bachelor वा सो सरह उतिर्ण गरी कम्तीमा २ वर्ष  NGO/INGO, Community Based Organization मा काम गरेको अनुभव भएको ।
  • कम्प्युटर (micro-soft excel, word, power point, internet, accounting software) सम्बन्धी दक्षता भएको ।

मुख्य जिम्मेवारी:

  • एक्सन नेपालको आर्थिक बिनियमावलि अनुरुप आर्थिक् कारोबारको अभिलेख राख्ने ।
  • अभिलिखित आर्थिक कारोबारहरूको माशिक प्रतिबेदन तयार पार्ने ।
  • देशको कर नियमावलिमा आधारित भै आवस्यक कर कट्टि गरि उल्लेखित समय अबधिमा कर दाखिला गर्ने ।
  • परियोजनाको कार्यक्रम सञ्चालन तथा व्यवस्थापन गर्नका लागि सहयोग गर्ने ।
  • समाग्री खरिद  प्रकृयामा सहयोग गर्ने ।
  • परियोजना बाट खरिद गरिएका सम्पति तथा उपकरणहरूको उचित रेकड् राख्ने ।

ग) पद: कृषि प्राविधिक

पद संख्या: २ जना

न्युनतम योग्यता र कार्यानुभवः

  • कृषि विषयमा JTA वा सो सरह उतिर्ण गरी कम्तीमा ३ वर्ष सामुदायिक विकास र तरकारीको मुल्यश्रृंखलामा काम गरेको अनुभव भएको।
  • परियोजना कार्यान्वयन, अनुगमन तथा मुल्याङ्कनको अनुभव, ज्ञान र सीप भएको ।
  • सानाकिसान सवलिकरण तथा उद्यमशिलता कार्यक्रम सम्बन्धि ज्ञान, सीप र अनुभव भएको ।
  • कृषि तथा पशु वस्तुमा आधारित व्यवसाय तथा उद्यमशिलता विकासमा महिला तथा यूवाहरूको सहभागितार सामाजिक परिचालनमा विशेष दक्षता भएको ।
  • उद्यमीहरूको व्यवसायिक योजना निर्माण सम्बन्धि सीप र अनुभव भएको ।
  • स्थानीय सरकार र अन्य सरोकारवालासँग समन्वय र सहकार्य गरी कार्य गर्न सक्ने ।
  • कम्प्युटर (micro-soft word, excel, power point, internet) सम्बन्धी दक्षता भएको ।
  • मोटरसाईकल वा दुईपाङ्ग्रे सवारीसाधनको लाईसेन्स भएको र कम्तीमा ८० प्रतिशत समय अवधि परियोजना क्षेत्रमा दिन सक्ने ।

मुख्य जिम्मेवारी:

  • फिल्ड स्तरिय समुह बैठक, कृषक व्यवसाय पाठशाला, तालिम तथा कार्यशाला गोष्ठी सञ्चालन तथा सहजीकरण गर्ने ।
  • परियोजना कार्यक्षेत्रका किसानहरूलाई प्राविधिक सेवा प्रदान गर्ने ।
  • कृषकहरूको गुणस्तरीय कृषि सामाग्री, आधुनिक प्रविधी, वित्तिय सेवामा पहुँच वृद्धिका लागि सहकारी र निजी क्षेत्रको व्यवसायिक सम्बन्ध स्थापित गर्न सहजिकरण गर्ने ।
  • परियोजना कार्यक्षेत्रको तरकारी उत्पादन तथा बजारीकरण सम्बन्धि तथ्याङ्क संकलन तथा अध्यावधिक गर्ने ।
  • मासिक तथा आवधिक प्रतिवेदन तयार गरि संस्था तथा सरोकारवाला निकायमा पेश गर्ने ।
  • सहकारीको व्यवसाय बिस्तारका लागि मूल्यश्रृंखलाका पात्रहरूसँग सम्पर्क तथा समन्वय गरी बैठकहरू सञ्चालन गर्ने ।
  • परियोजना सञ्चालन तथा कार्यन्वयनका लागि सरकोकारबाला निकायहरूसँग सम्पर्क तथा समन्वय गर्ने ।
  • कृषक समुह र सहकारीको परिचालन तथा क्षमताअभिवृद्धि गर्ने।
  • समुदाय स्तरका सफलताका कथा तथा सिकाईहरू तयार गरि दस्तावेजिकरण गर्ने ।

२. सेवा सुविधा: संस्थाको नियमानुसार हुनेछ ।

३. दरखास्त दिने अन्तिम मिति: २०८२।०३।०८ कार्यालय समय भित्र ।

४. परिक्षको किसिम: लिखित, अन्तवार्ता र आवश्यकता अनुसार प्रयोगात्मक

५. आवश्यक कागजातहरू: कुन पदमा आवेदन गरेको हो सो को विवरण समेत खुल्ने गरी निवेदन, व्यक्तिगत विवरण (बायोडाटा), शैक्षिक योग्यताको प्रमाणपत्र, नागरिकताको प्रमाणपत्र, सम्बन्धीत विषयको कार्यानुभव पत्र, पासपोर्ट साईजको फोटो र अन्य आवश्यक कागजातहरूको प्रमाणित प्रतिलिपी स्क्यान गरी recruitment.actionnepal@gmail.com वा कार्यालयमा दरखास्त बुझाउनु पर्नेछ।

नोट: प्रारम्भीक छनौटमा परेका उम्मेद्वारहरूलाई मात्र लिखित परिक्षामा समावेश गराईनेछ । रित नपुगेका, म्याद नाघि आएका दरखास्त उपर कुनै कारवाही गरिने छैन ।

पदपुर्ति समिति

एक्सन नेपाल

निलकण्ठ नगरपालिका–३, सुगमटोल, धादिङ्ग

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *