कास्कीका गणित शिक्षकलाई तीन दिने तालिम

पोखरा । कास्कीका गणित शिक्षकहरूलाई विद्यार्थीको सिकाइमा एकरूपता र गुणस्तर सुधार गर्ने उद्देश्यले तीन दिने तालिम दिइएको छ। पोखरा महानगरपालिका वडा नं. २९ को आर्थिक सहयोग र जनप्रकाश माविको व्यवस्थापनमा आयोजित तालिममा ४० विद्यालयका ८० शिक्षक सहभागी थिए।
मंगलबारदेखि सुरु भएको तालिमको समापनमा पोखरा महानगर शिक्षा महाशाखा प्रमुख हेमप्रसाद आचार्यले समयानुकूल शिक्षण विधि अपनाएर विद्यार्थीको सिकाइमा स्पष्टता ल्याउन तालिम उपयोगी हुने बताए। जनप्रकाश माविका व्यवस्थापन समिति अध्यक्ष बाबुराम सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा भवानी कालीका माविका प्रअ रमेश भट्टराई, कार्यक्रम संयोजक कृष्णप्रसाद पौडेल र प्रअ शेखरनाथ शर्माले सरल र सहज शिक्षण विधिको महत्वमा जोड दिए।
तालिममा प्राध्यापक दयाराम श्रीखण्डा (डिआर), प्रेमनारायण पोखरेल (पानी पोखरेल), वेद शर्मा, स्थिरबाबु सुवेदी र वेदप्रसाद ढकालले आधुनिक र प्रभावकारी गणित शिक्षण विधिबारे प्रशिक्षण दिएका थिए।
पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=18612, citypokhara.com
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ माघ ४, शनिबार १९:२१आयोजक टोलीले जित्यो मनोहर कप भलिबलको उपाधि
समाचार२०८२ माघ ४, शनिबार १९:१४२६ औं आदर्श कप माघ ९ देखि, विजेतालाइ ४ लाख ९९ हजार
समाचार२०८२ माघ ३, शुक्रबार १९:३२मनोहर कप भलिबलः सेमिफाइनल समिकरण पूरा
समाचार२०८२ माघ ३, शुक्रबार १९:२५पोखरा महोत्सवमा माघ ४ गते देखि विद्यालय स्तरीय लोक नृत्य प्रतियोगिता हुने






