कास्कीका गणित शिक्षकलाई तीन दिने तालिम

पोखरा । कास्कीका गणित शिक्षकहरूलाई विद्यार्थीको सिकाइमा एकरूपता र गुणस्तर सुधार गर्ने उद्देश्यले तीन दिने तालिम दिइएको छ। पोखरा महानगरपालिका वडा नं. २९ को आर्थिक सहयोग र जनप्रकाश माविको व्यवस्थापनमा आयोजित तालिममा ४० विद्यालयका ८० शिक्षक सहभागी थिए।
मंगलबारदेखि सुरु भएको तालिमको समापनमा पोखरा महानगर शिक्षा महाशाखा प्रमुख हेमप्रसाद आचार्यले समयानुकूल शिक्षण विधि अपनाएर विद्यार्थीको सिकाइमा स्पष्टता ल्याउन तालिम उपयोगी हुने बताए। जनप्रकाश माविका व्यवस्थापन समिति अध्यक्ष बाबुराम सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा भवानी कालीका माविका प्रअ रमेश भट्टराई, कार्यक्रम संयोजक कृष्णप्रसाद पौडेल र प्रअ शेखरनाथ शर्माले सरल र सहज शिक्षण विधिको महत्वमा जोड दिए।
तालिममा प्राध्यापक दयाराम श्रीखण्डा (डिआर), प्रेमनारायण पोखरेल (पानी पोखरेल), वेद शर्मा, स्थिरबाबु सुवेदी र वेदप्रसाद ढकालले आधुनिक र प्रभावकारी गणित शिक्षण विधिबारे प्रशिक्षण दिएका थिए।
पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=18612, citypokhara.com
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ बैशाख १७, बिहीबार १८:४९प्रेस काउन्सिल नेपालमा स्तनपान कक्ष र महिलामैत्री शौचालय स्थापना
समाचार२०८३ बैशाख १७, बिहीबार ०१:१८पोखरामा तीन दिनसम्म जेसीज सप्ताहन्त, युवाका लागि विभिन्न कार्यक्रम
समाचार२०८३ बैशाख १६, बुधबार १९:२१श्रम कानून तथा श्रमसम्बन्धी अन्तरक्रिया
समाचार२०८३ बैशाख १६, बुधबार १९:०७दशौँ रारा पोखरा स्पोर्ट्स अवार्ड वैशाख ३१ मा, ९ विधामा सम्मान गरिने








