प्रभावकारी बन्दै ‘एक घर, एक धारा’ जडान अभियान

तनहुँ, जेठ ३१ । तनहुँ र नवलपुर जिल्ला गरी ३० हजार ८२४ घरधुरीमा ‘एक घर, एक धारा’ जडान गरिएको छ। नवलपुरमा २७ हजार ६२४ र तनहुँमा तीन हजार २०० घरधुरीमा धारा जडान गरेको हो।
गण्डकी प्रदेश सरकारको ‘एक घर, एक धारा’ अभियान प्रभावकारी बन्दै गएको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयले जनाएको छ। घर घरमा पानीका धारा जडान भएपछि नागरिकलाई खानेपानीका लागि सहज भएको प्रमुख एवं सिनियर डिभिजन इञ्जिनियर शम्भुराज खनालले जानकारी दिए।
उनले भने, ‘चालु आर्थिक वर्ष मात्रै दुई जिल्लामा गरी चार हजार ५०० घरधुरीमा ‘एक घर, एक धारा’ अन्तर्गत खानेपानी सेवा पुर्याइएको छ।’ गण्डकी प्रदेश सरकारको ‘एक घर, एक धारा’ अभियान सुरु हुनुअगावै नवलपुर जिल्लामा कार्यक्रम अघि बढाएका कारण तनहुँको तुलनामा धेरै घरधुरीमा पानी वितरण भएको हो।
‘समुदाय नै खानेपानीबाट वञ्चित हुनुपरेको छैन, लामो दूरीमा रहेका एकाध दुई घरमध्ये खानेपानी सुविधा पुराइएको छ’, उनले भने, ‘थोरै घरपरिवारका लागि धेरै लगानी गर्नुपर्ने भएकाले त्यस्ता क्षेत्रका काम अघि बढाइएको छैन्।’
त्यसैगरी खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयबाट तनहुँ र नवलपुर गरी दुई जिल्लाका पचपन्न वटा खानेपानी उपभोक्ता संस्थालाई विद्युत् महसुलमा अनुदान रकम भुक्तानी गरेको छ।आव २०८०/८१ को जेठ महिनादेखि आव २०८१/८२ को पुससम्म ५५ लाख ३८ हजार ९०० रकम वितरण गरेको हो।
यस वर्षको माघ महिनादेखि वैशाखसम्मको महसुल भुक्तानी गर्नेछ भने जेठ र असार दुई महिनाको आगामी वर्षमा भुक्तानी गरिने सो कार्यालयले जनाएको छ। रासस
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ चैत्र ९, सोमबार २०:२६तयार भए संसदीय दलका कार्यालयहरु
कला, विचार/मनोरञ्जन२०८२ चैत्र ९, सोमबार १८:५८चलचित्र ‘बा : एक योद्धा’ को छायांकन प्रारम्भ
कला, विचार/मनोरञ्जन२०८२ चैत्र ९, सोमबार १८:३६‘पहाड’को पहिलो गीत ‘मोहनी लगाउने’ सार्वजनिक, ग्रामीण कथामा देश प्रेमको झल्को
समाचार२०८२ चैत्र ९, सोमबार १३:५३खरी स्वास्थ्य चौकीमा बिशेषज्ञ स्वास्थ्य शिविर हुँदै








