एकता समूहकाे एक रुपैयाँ अभियान, वृद्वाश्रममा सहयाेग

पोखरा । अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा स्थापना गरिएको एकता दिदीबहिनी समूहले सामाजिक सेवाको क्षेत्रमा प्रेरणादायी कार्य गर्दै समाजमा सकारात्मक सन्देश प्रवाह गरेको छ।
समूहका ३६ जना सदस्य दिदीबहिनीहरूले वर्षभरि प्रतिदिन एक रुपैयाँ बचत गरी वृद्धाश्रमलाई सहयोग गरेका छन्।
यो अभियानअन्तर्गत ३६ जना सदस्यहरूले एक वर्षसम्म प्रतिदिन एक रुपैयाँका दरले ३६५ रुपैयाँ सङ्कलन गरे। यसरी जम्मा भएको रकममा केही सदस्यहरूले इच्छा अनुसार थप रकम पनि योगदान गरे, जसले सहयोगलाई अझ सशक्त बनायो।

‘हाम्रो सानो प्रयासले वृद्धाश्रममा आश्रित आमाबुबाहरूको जीवनमा केही राहत पुगोस् भन्ने नै हाम्रो उद्देश्य हो ‘ समूहकी अध्यक्ष पूजा शर्माले भनिन्। सामूहिक रूपमा गरिएको सानो योगदानले पनि ठूलो परिवर्तन ल्याउन सक्छ भन्ने पाठ यस अभियानले हामी सबैलाई सिकाएको छ।
सामूहिक भावना र सेवाको मनोवृत्तिबाट प्रेरित यो कार्यले समाजमा एकता, महिला सशक्तीकरण र सामाजिक उत्तरदायित्वको गहिरो सन्देश दिएको छ।

समूहले पहिलो वर्षमै यति उदाहरणीय कार्य गरेर समाजमा सकारात्मक परिवर्तन ल्याउने प्रतिबद्धता देखाएको छ। वृद्धाश्रममा आर्थिक सहयोग प्रदान गर्नुका साथै, उनीहरूले त्यहाँ आश्रित सबै आमाबुबाहरूलाई आत्मीयताका साथ खाना खुवाएर सम्मान प्रकट गरेका थिए। समूहले आगामी दिनहरूमा पनि यस्तै सेवामूलक र प्रेरणादायी अभियानहरू सञ्चालन गर्ने लक्ष्य लिएको छ।
पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=18656, citypokhara.com
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ जेष्ठ १, शुक्रबार ०७:००२ लाख ८७ हजार नगदसहित जुवातास खेल्ने–खेलाउने ८ जना पक्राउ
समाचार२०८३ बैशाख ३१, बिहीबार २१:५२दीननाथ बराललाई उत्कृष्ट खेल पत्रकार अवार्ड
समाचार२०८३ बैशाख ३०, बुधबार २२:४०गण्डकीलाई खेल पर्यटनको विश्वव्यापी ‘हब’ बनाउन स्पष्ट नीति र लगानीको खाँचो
समाचार२०८३ बैशाख ३०, बुधबार ००:१८पोखरा महानगरले कक्षा ११ मा भर्नाका लागि प्रवेश परीक्षा लिन राेक्याे









