धादिङमा नवप्रवेशी शिक्षकका लागि तीनदिने तालिम सुरु, शिक्षण दक्षता अभिवृद्धिमा जोड

धादिङबेशी,८ असार । आधारभूत तह (कक्षा १ देखि ५) का नवप्रवेशी शिक्षकलाई लक्षित गरी तीनदिने सेवा प्रवेश सम्बन्धी तालिम धादिङमा सुरु भएको छ। तालिम शिक्षा विकास तथा समन्वय इकाइ धादिङको आयोजनामा आइतबारदेखि सञ्चालन गरिएको हो।
तालिममा शैक्षिक सामग्रीको प्रयोग, शिक्षण सहजीकरण प्रक्रिया, शिक्षकको पेशागत विकास, सेवा सुविधा र सर्तहरू, एकीकृत पाठ्यक्रम, विद्यार्थी मूल्यांकन, शैक्षिक योजना, प्रश्न निर्माण र विश्लेषण तथा योग सम्बन्धी विविध पक्षमा सहभागीलाइ जानकारी दिइँदैछ।
तालिममा ३८ जना नव नियुक्त शिक्षकको सहभागिता रहेको छ भने यसअघि प्रथम चरणमा ३२ जनाले तालिम लिएर अध्यापन गरिरहेका छन्।
कार्यक्रमलाई शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख भूमिलाल शर्मा सुवेदी, जाइकाको जिल्ला संयोजक नवराज पाठक, नीलकण्ठ माविका शिक्षक नारायण खत्री र दीपेन्द्र रिजाल, शंखदेवी माविका प्रधानाध्यापक नित्यानन्द सुवेदी र नीलकण्ठ नगरपालिका शिक्षा शाखा प्रमुख प्रकाशदत्त भट्टले सहजीकरण गर्नुहुनेछ ।
शिक्षकको व्यावसायिक क्षमता र शिक्षण सिकाइको गुणस्तर वृद्धि गर्ने उद्देश्यले सञ्चालन गरिएको तालिमले विद्यालय शिक्षामा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ पुष १२, शनिबार १९:२५एड्भान्स एकेडेमीका विद्यार्थी र अभिभावकको लागि सकारात्मक सोच र मनोपरामर्श कार्यक्रम
समाचार२०८२ पुष १२, शनिबार १८:३१निर्वाचन तयारीबारे छलफल गर्न एमालेले बोलायो सचिवालय बैठक
कला, विचार/मनोरञ्जन२०८२ पुष १२, शनिबार १५:५७‘कल्ली’को बलियो टिजरः सौगात र बेनिशाको देवता कि राक्षस ?
स्वास्थ्य/जानकारी टिप्स२०८२ पुष १२, शनिबार १५:१५बाल शल्य चिकित्सक संघको अध्यक्षमा थापा चयन, यस्तो बन्यो समिति…







