रहेनन् शिक्षासेवी टुवराज बास्तोला

पोखरा । शिक्षासेवी डा. टुवराज बास्तोलाको ८२ वर्षको उमेरमा निधन भएको छ । पोखरा ११ फूलबारीस्थित निवासमा आइतबार मध्यान्ह १२ बजेर ५५ मिनेटमा उनको निधन भएको हो । सम्पूणानन्दविश्वविद्यालय बनारसबाट संस्कृत साहित्यमा प्रथम श्रेणीमा आचार्य तथा विद्यावारिधि गरेका डा.बास्तोलाले लामो समय शिक्षासेवामा अर्पण गरेका थिए ।
बाराही मा.वि.मा निरन्तर अध्यापन गरेर सेवानिवृत्त भएका उनी त्यसपछि पनि विभिन्न शैक्षिक, सामाजिक,धार्मिक तथा साहित्यिक संस्थाहरुमा क्रियाशील रहेका थिए । बास्तोला शिव शक्ति मावि, शिक्षा महाविद्यालय र रामेश्वर मन्दिर फूलबारीका पूर्व अध्यक्ष पनि हुन् । यसैगरी, लेखनाथ साहित्य प्रतिष्ठानका सल्लाहकार तथा लेखनाथ जन्मघर जीर्णोद्धार समितिका संयोजक समेत रहेका थिए । उनले शिवशक्ति माविमा प्रतिभा सम्मान कोष स्थापना गरेका छन् ।
यसैगरी, विभिन्न धार्मिक अनुष्ठानहरुमा उनको सहयोग रहेको छ । उनी महेन्द्र विद्याभूषणबाट विभूषित भएका थिए । बाराही मावि, शिवशक्ति मावि, शिव शक्ति क्याम्पस, शिक्षा महाविद्यालय, लेखनाथ साहित्य प्रतिष्ठान, नवनीत साहित्य सागर, विन्दुवासिनी संस्कृत विद्यापीठ लगायतका संस्थाबाट उनी सम्मानित समेत भैइसकेका छन् ।
स्व.बास्तोलाका धर्मपत्नी मुगादेवी, छोरा रमेश, दुई छोरी प्रभा पौडेल र कमला पराजुलीनतथा पाँच नाति-नातिना छन् । साथै, एक दाजु, तीन भाइ र एक बहिनी छन् । दिवंगत बास्तोलाको शवयात्रा सोमबार बिहान १० बजे हुने परिवारले जनाएको छ । पोखरा–११ सेतीगण्डकी, कालीखोला र भलाम खोलाको दोभान रिठ्ठाघाटमा अन्त्येष्टि हुने भएको छ ।
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ जेष्ठ १, शुक्रबार १२:०८फेवाताल ६५ मिटर मापदण्ड : जलारी समुदाय संकटमा
समाचार२०८३ बैशाख २१, सोमबार १५:४२फेवा मापदण्डमा विज्ञको आपत्ति: ६५ मिटरको रेखालाई ‘वैज्ञानिक आधारविहीन’ को संज्ञा
समाचार२०८३ बैशाख २०, आईतवार १६:५०सिद्धार्थ राजमार्गमा आधुनिक ‘आर्क ब्रिज’: राम्दीमा निर्माणाधीन पुल अन्तिम चरणमा
समाचार२०८२ चैत्र १०, मंगलवार १९:१२ग्लोबल आइएमई बैंक र तिलगंगा आँखा प्रतिष्ठानबिच सहकार्य, मोतिबिन्दुको पहिचान गरी निःशुल्क शल्यक्रिया गरिने









