पोखरा महानगरको ८ अर्ब ३५ करोडको बजेट सार्वजनिक

पोखरा । पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि ८ अर्ब ३५ करोड १२ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ। महानगर प्रमुख धनराज आचार्यले नीति तथा कार्यक्रम प्रस्तुत गरेपछि आइतबार उपप्रमुख मञ्जुदेवी गुरुङले बजेट प्रस्तुत गर्नुभएको हो।
बजेटमा चालु र पूँजीगत खर्च कति रहने भन्ने विवरण उल्लेख गरिएको छैन। मेयर आचार्य सोमबारदेखि चीन भ्रमणमा जाने कार्यक्रम रहेकाले हतारमा बजेट ल्याइएको र त्यसमा विभिन्न त्रुटिहरू देखिएको जनाइएको छ।
बजेटको स्रोततर्फ हेर्दा, संघीय सरकारको सशर्त अनुदानबाट ३ अर्ब १३ करोड १२ लाख रुपैयाँ (३७.५ प्रतिशत) प्राप्त हुने अनुमान गरिएको छ। यस्तै, आन्तरिक आम्दानीबाट ५ अर्ब २२ करोड ३१ लाख रुपैयाँ (६६.५ प्रतिशत) जुटाउने लक्ष्य राखिएको छ।
खर्च विवरणअनुसार नगर कार्यपालिकाको कार्यालयतर्फ ९५ करोड, सामाजिक विकासतर्फ ३८ करोड, आर्थिक विकासतर्फ १८ करोड रुपैयाँ विनियोजन गरिएको छ। वडा कार्यालयहरूतर्फ १ अर्ब, पूर्वाधार विकासतर्फ २ अर्ब ३३ करोड, तथा शहरी विकास, पर्यटन, वन र वातावरणतर्फ ३८ करोड रुपैयाँको बजेट प्रस्ताव गरिएको छ।
आन्तरिक राजस्वमध्ये करको हिस्साबाट ३ अर्ब २३ करोड ७२ लाख २७ हजार रुपैयाँ उठाउने अनुमान छ। स्थानीय राजस्व बाँडफाँडबाट १ अर्ब १ करोड १५ लाख १४ हजार प्राप्त हुने अपेक्षा गरिएको छ।
प्रदेश सरकारबाट राजस्व बाँडफाँडमार्फत ४ करोड २८ लाख ७२ हजार, संघीय राजस्व बाँडफाँडबाट ३३ करोड ८ लाख ४० हजार, संघीय अनुदानबाट ५२ करोड ८७ लाख र प्रदेश समानीकरण अनुदानबाट ८ करोड १५ लाख ४६ हजार रुपैयाँ प्राप्त हुने उल्लेख गरिएको छ।
पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=18708, citypokhara.com
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ जेष्ठ १, शुक्रबार ०७:००२ लाख ८७ हजार नगदसहित जुवातास खेल्ने–खेलाउने ८ जना पक्राउ
समाचार२०८३ बैशाख ३१, बिहीबार २१:५२दीननाथ बराललाई उत्कृष्ट खेल पत्रकार अवार्ड
समाचार२०८३ बैशाख ३०, बुधबार २२:४०गण्डकीलाई खेल पर्यटनको विश्वव्यापी ‘हब’ बनाउन स्पष्ट नीति र लगानीको खाँचो
समाचार२०८३ बैशाख ३०, बुधबार ००:१८पोखरा महानगरले कक्षा ११ मा भर्नाका लागि प्रवेश परीक्षा लिन राेक्याे









