ज्वालामुखी गाउँपालिकाद्वारा ५८ जना कृषकहरुलाई मिनि टिलर वितरण

धादिङ,१५ असार
धादिङको ज्वालामुखी गाउँपालिकाले कृषकहरुको लागि ५० प्रतिशत अनुदानमा मिनि टिलिर वितरण गरेको छ । कृषकहरुलाई कृषि क्षेत्रमा काम गर्न सहज होस भनेर ५० प्रतिशत गाउँपालिका र ५० प्रतिशत सम्बन्धीत कृषकहरुको लगानीमा मिनि टिलिर वितरण गरीएको हो । आईतबार गाउँपालिकामा एक कार्यक्रमको आयोजना गरी कृषि क्षेत्रमा आवद्ध रहेका कृषकहरुलाई गाउँपालिका अध्यक्ष यमनाथ दनैले मिनि टिलर वितरण गर्नुभएको हो ।

मिनि टिलर वितरण समारोहलाई सम्बोधन गर्नुहुदै गाउँपालिका अध्यक्ष यमनाथ दनैले कृषि क्षेत्रको विकास नभएसम्म गाउँपालिकाको विकास नहुने बताउनुभयो । कृषिलाई यान्त्रिकरण र बजारीकरणको लागि गाउँपालिकाले विशेष योजना बनाएर काम गरीरहेको बताउनुभयो ।प्राप्त ट्याक्टरलाई सहि प्रयोग गर्नको लागि कृषकहरुलाई आग्रह गर्नुभयो ।मिनि टिलर विग्रीएमा मर्मत गर्ने तालिम गाउँपालिकाले सन्चालन गर्ने भन्दै उहाँले प्राप्त ट्याक्टरलाई घरमा थन्काएर नराख्नको लागि पनि आग्रह गर्नुभयो । कार्यक्रममा गाउँपालिका अध्यक्ष यमनाथ दनै,उपाध्यक्ष धर्मबहादुर अर्याल,वडा अध्यक्ष लगायतको आतिथ्यता रहेको थियो ।

यसैगरी आईतबारै गाउँपालिकाले वडा नम्बर ५ का कृषकहरुलाई ७ हजार २ सय ५० बोट सुन्तला वितरण गरीएको छ ।वडा नम्बर ५ लाई सुन्तला पकेट क्षेत्र बनाउने उदेश्यका साथ गाउँपालिकाका अध्यक्ष यमनाथ दनैले किसानहरुलाई सुन्तलाको बिउ वितरण गर्नुभएको थियो ।साथै किसानहरुलाई मल तथा कृषि औजार समेत वितरण गर्नुभएको थियो।यसैगरी आजै धान दिवसको अवसर पारेर ज्वालामुखी गाउँपालिकामा धान दिवस मनाईएको छ । वडा नम्बर ७ स्थित जलकिनी फाँटमा धान रोपाई सहित दहि चिउरा खाएर धान दिवस मनाईएको छ ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८२ चैत्र २२, आईतवार २१:२९गणेश पाण्डेको डकुमेन्ट्री ‘द एभरेस्ट ड्रीम’ प्रिमियर
समाचार२०८२ चैत्र २२, आईतवार १९:५९ओली र लेखकलाई थप पाँच दिन हिरासतमा राख्न अदालतको अनुमति
समाचार२०८२ चैत्र २२, आईतवार १८:०१डिजिटल प्रणालीमार्फत स्थानीय विपद् व्यवस्थापनलाई छिटो र प्रभावकारी बनाइँदै
स्वास्थ्य/जानकारी टिप्स२०८२ चैत्र २२, आईतवार ११:१३गुल्मीमा निःशुल्क स्वास्थ्य शिविरबाट एक हजार तीन सय लाभान्वित







