धान दिवस : किसानको पिडामा पर्वको भड्किलोपन ?

धान दिवस : किसानको पिडामा पर्वको भड्किलोपन ?

धादिङ, १५ असार । नेपालभर आज १५ असार अर्थात राष्ट्रिय धान दिवसको रुपमा मनाईयो, तर यो दिन अब वास्तविक किसानको पर्व भन्दा पनि शहरिया “सुकिला”हरुको रमाइलो फोटोसेसन र सामाजिक सञ्जाल प्रदर्शनको अवसर बन्दै गएकोप्रति कृषकहरूले गुनासो पोख्न थालेका छन् ।

धान दिवसका नाममा हिलोमा फोटो खिच्ने, बाजा गाजा र रमाईलो कार्यक्रम गर्ने चलन तिब्र हुँदै जाँदा वास्तविक किसान भने आफ्नो खेतमा मल र बीउको खोजीमा दौडिरहेका छन् ।

धादिङका एक स्थानीय कृषक भन्छन्, “यो पर्व हामीका लागि होइन । हाम्रो समस्यामा सरकारको ध्यान जाओस्, त्यो हो मुख्य कुरा ।” धान उत्पादनमा प्रयोग हुने मल, बीउ, सिँचाइ सुविधा, श्रमिकको अभाव र मूल्य निर्धारणमा स्पष्टता नहुँदा कृषकहरूको मनमा असन्तोष पलाएको छ । उता, पर्वका नाममा जिल्ला स्थित कृषि विकास कार्यालय र स्थानिय तहहरुले लाखौं रुपैयाँ खर्च गरेर गरिने कार्यक्रमले किसानको जीवनमा कुनै परिवर्तन नल्याएको उनीहरूको तर्क छ ।

धादिङका अर्का किसानले भने, “हामीलाई त मल छैन, खेत सुक्खा छ । माथि सुकिलाहरु आएर हिलोमा फोटो खिच्छन् अनि जान्छन् । यो हाम्रो पर्व कहाँ भयो र ?”
यसैबीच कृषक अधिकारकर्मीहरु भन्छन् —धान दिवसलाई साँच्चिकै कृषकमैत्री बनाउन सरकारी नीति, अनुदान, उत्पादन संरक्षण, र बजार व्यवस्थापनमा सुधार गर्नु आवश्यक छ । रमाइलोभन्दा पनि किसानको पिडालाई सम्बोधन गर्नै पर्ने बेला आएको उनीहरूको माग छ ।

पछिल्लो समय धादिङ लगायतका बिभिन्न स्थानमा धान दिवस पर्वमा व्याप्त विकृतिका कारण वास्तविक किसानहरूले “यो हाम्रो पर्व होइन” भन्ने महसुस गर्न थालेका छन् ।

अब सरकार तथा सरोकारवाला निकायहरूबाट गम्भीर पुनरावलोकन र रणनीतिक सोच आवश्यक देखिएको छ । नत्र “धान दिवस” किसानका लागि मात्र हैन, कृषि क्षेत्रकै अपमान बन्दै जाने अगुवा कृषकहरुको भनाई छ ।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 7   +   5   =  

Protected by Spam Master