नीलकण्ठमा सीपमूलक तालिम समापन, ११५ जनाले पाए प्रमाणपत्र

धादिङ, १५असार । नीलकण्ठ नगरपालिकाले सञ्चालन गरेको विभिन्न व्यावसायिक सीपमूलक तालिमहरूको समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न भएको छ। उपमेयर दिपक बिश्वकर्माको अध्यक्षता र मेयर भीम प्रसाद ढुंगानाको प्रमुख आतिथ्यतामा कार्यक्रम आयोजना गरिएको हो।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सुवेदी, वडा नं–८ का अध्यक्ष एवं नगर प्रवक्ता प्रकाश कुमार श्रेष्ठ, सामाजिक विकास संयोजक मञ्जु थापा मगर लगायतको उपस्थिति रहेको थियो।
समारोहलाई सम्बोधन गर्दै मेयर ढुंगानाले सीप सिकेर स्वदेशमै रोजगार सिर्जना गर्न सकिने उल्लेख गर्नुभयो। विदेशिने प्रवृत्तिमा कमी ल्याउँदै बेरोजगारी न्यूनीकरणमा यस्ता तालिम प्रभावकारी हुने उहाँको भनाइ थियो।
उपमेयर बिश्वकर्माले श्रम बजारमा देखिएको बेरोजगारी र दक्ष जनशक्तिको अभावलाई यस्ता तालिमले सम्बोधन गर्न सक्ने बताउनुभयो। सिकिएको सीपलाई स्वदेशमै प्रयोग गर्न र वैदेशिक रोजगारीमा समेत उपयोगी हुने गरी उपयोग गर्न उहाँले आग्रह गर्नुभयो।
प्रमुख प्रशासकीय अधिकृत सुवेदीले तालिमको समापनलाई व्यवहारिक सुरुवातको रूपमा लिनुपर्नेमा जोड दिनुभयो। उहाँले सिकिएको सीपलाई उत्पादनमूलक क्षेत्रमा लगानी गर्न आजैदेखि लाग्नुपर्ने आवश्यकता औँल्याउनुभयो।
कार्यक्रममा २० जनाले बारिस्ता तालिम, १५ जनाले कूक तालिम, २० जनाले हलुका सवारी चालक तालिम, २० जनाले वेटर तालिम तथा ४० जनाले प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत डकर्मी तालिमको प्रमाणपत्र प्राप्त गरेका छन्।
नगरपालिकाका रोजगार संयोजक अर्जुन कुमार श्रेष्ठका अनुसार यसअघि पनि विभिन्न तालिमहरूमा ६५० जनाले सहभागिता जनाइसकेका छन्।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ बैशाख १३, आईतवार १७:०३वास्तविक सुकुम्बासीलाई अर्को व्यवस्था नभएसम्म होटलमा बस्ने ब्यवस्था
खेलकुद२०८३ बैशाख १३, आईतवार १६:३०दसौं पीएम कप :न्यु डायमण्डकाे लगातार तेस्रो जित
कला, विचार/मनोरञ्जन२०८३ बैशाख १३, आईतवार १०:३०सौगात,दयाहाङ र रुषाको नृत्य रहेको ‘मितज्यू’ को गीत सार्वजनिक
कला, विचार/मनोरञ्जन२०८३ बैशाख १३, आईतवार ०८:२३अभिनेता रमित ढुंगानालाई मातृशोक | Celebrity Nepal








