नेपाली  खाना, संस्कृति र किसानको मिहिनेत सम्झाउँदै सकियाे हेमजा हिले महाेत्सव

नेपाली  खाना, संस्कृति र किसानको मिहिनेत सम्झाउँदै सकियाे हेमजा हिले महाेत्सव

पोखरा । पोखरा–२५ हेमजा स्थित देवीस्थान सेवा समाजले पाँचौं हेमजा हिलो महोत्सव सम्पन्न गरेको छ ।  आइतबार दिनभरजसो हेमजामा हिले महोत्सवको रौनकमा रह्यो।

कार्यक्रममा पोखरा महानगरपालिकाका प्रवक्ता समेत रहेका पाेखरा २५ का वडाध्यक्ष मोतिलाल तिमिल्सीनाले हेमजाको पहिचानसँग हेमजामा विभिन्न समयमा हुने अन्य महोत्सव जसरी नै  हिले महोत्सव जोडिएको र आफ्नो छुटै मौलिकता महत्त्व रहेको  बताए ।

कार्यक्रम कृषि निर्देशनालय वरिष्ठ कृषि प्रसार  अधिकृत अर्जुन देव ज्ञवालीले नेपाली समाजको आफ्नो मौलिकता, पहिचान बोकेको हुँदा निरन्तरता दिनुपर्नेमा जाेड दिए ।

विष्णुपादुका धार्मिक क्षेत्र गुठी व्यवस्थापन समितिका अध्यक्ष तथा देवीस्थान सेवा समाजका सल्लाहकार चूडामणि तिम्सिनाले युवा पुस्ताको सक्रियतामा आफ्नो रीतिरिवाज, परम्परागत संस्कार संकृतिको जर्गेना गर्ने उद्देश्यका साथ कार्यक्रम आयोजना हुनु समाजका लागि गर्वको विषय रहेको बताए । संस्कार संकृतिको युवामा पुस्तान्तरण आजको आवश्यकता रहेको उनकाे भनाई छ ।

महोत्सवमा हिले दौड, रस्साकस्सी , झाँकी प्रदर्शन, विद्यालय स्तरीय धान रोपाई प्रतियोगिता, उत्कृष्ट किसान सम्मान, हलगोरु तथा जोडी दौड, आमा समूह बिच असारे भाका, तथा माछा समाउने लगायतका प्रतियोगिता सम्पन्न भए ।

महोत्सव अन्तर्गत भएको झाँकी ¥याली तर्फ देवीस्थान  आमा समूह प्रथम, देवीस्थान भजन समूह दोस्रो तथा चापाघाट आमा समूह  तेस्रो भए।

त्यस्तै ४० वर्षमाथिको पुरुष हिले दौड तर्फ ईश्वर सापकोटा पहिलो तथा वसन्त सापकोटा दोस्रो, हिले दौड महिला खुलातर्फ रमा भण्डारी  पहिलो साथै कल्पना भण्डारी दोस्रो हुन सफल भएको महोत्सव मूल आयोजक समितिका संयोजक चन्द्रकला पोख्रेले  जानकारी दिइन ।

त्यस्तै विद्यालय स्तरीय धान रोपाइ प्रतियोगितामा विष्णुपादुका मा.वि पहिलो,  हेमजा बेडिङ दोस्रो भयो ।  हिले दौड खुल्लामामा  सागर नेपाली  प्रथम तथा अभियान तिम्सिना दोस्रो भए।

त्यसैगरी रस्साकस्सी प्रतिस्पर्धामा सुन्दर पुरी युवा समूह पहिलो तथा सिमपानी दाजुभाई  दोस्रो, बच्चा दौडमा वसन्त रसाइली प्रथम हुन सफल भए।

हलगोरु दौडमा हरी परियार प्रथम, रोशन परिवार दोस्रो भए । रस्साकस्सी महिलातर्फ  प्रथम र विश्वकर्मा आमा समूह दोस्रो, असारे गीत प्रतियोगितामा दहरे देउराली आमा समूह प्रथम, देवीस्थान आमा समूह दोस्रो साथै माछा समाउनेमा सरूँ परियार प्रथम र विवेक वि.क दोस्रो   भएको आयोजकले जानकारी दिएको छ।

हेमजाका कृषक डिल्लीनाथ अधिकारी,सीता तिम्सिना, र गोविन्द तिम्सिनालाई उत्कृष्ट किसान बाट सम्मानित भएका थिए । साथै हेमजाका विद्यालय मध्यबाट २०८१ को एसइइ मा ४ जिपिएका साथ उत्कृष्ट नतिजा ल्याउन सफल स्नो भ्यु सेकेन्डरी स्कुलका अंकित थापालाई पनि सम्मानित भए ।

हालै सम्पन्न मानव सेवा फाउन्डेसन नेपाल द्धारा आयोजित ऐतिहासिक श्री गण्डकी ज्ञान कुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञ–२०८२ मा आयोजित कोटिहोममा देशै भरीका तीन सय भन्दा बढी भजन प्रतियोगीहरू बिच हेमजाबाट प्रथम  भएको देविस्थान भजन समुह,द्धितिय माछापुच्छ्रे« सेवा समाज र उत्कृष्ट शब्द चयनको स्थान हासिल गर्न सफल मातृकेश्वर भजन समुहलाई भजन मार्फत हेमजालाई चिनाउन महत्त्वपूर्ण भूमिका रहेको भन्दै सम्मान गरियो ।

‘कृषिमा कृषकलाई प्रोत्साहन विष्णुपादुका मन्दिर हेमजाको सान’ नाराका साथ स्थानीय विष्णुपादुका टोलमा महोत्सव भएको हो । कार्यक्रम शुरु अघि कृषि झाँकी सहितको शोभा यात्रामा विष्णुपादुका  मार्ग हुँदै मिलनचोक परिक्रमा गरी  महोत्सव स्थलमा पुगेकाे थियाे ।

महोत्सव देवीस्थान सेवा समाजका अध्यक्ष कृष्णमान श्रेष्ठको अध्यक्षतामा भएको उक्त कार्यक्रमको स्वागत कार्यक्रम संयोजक चन्द्रकला पोख्रेलले र सञ्चालन सचिव पुष्पराज तिम्सिनाले गरेका थिए ।

 

पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=18815, citypokhara.com

लेखकको बारेमा

सिटी पाेखरा डटकम

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 0   +   1   =  

Protected by Spam Master