खेलपत्रकारका लागि क्षमता अभिवृद्धि तालिम

पोखरा ।
नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजना र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको आर्थिक सहयोगमा खेल पत्रकारहरुका लागि क्षमता अभिवृद्धि तालिम दिईएको छ ।
शुक्रबार भएको तालिममा गण्डकी प्रदेशमा रहेका विशेषगरि खेल क्षेत्रमा रुची राखेका क्रियाशिल पत्रकारहरुलाई भलिवल, एथ्लेटिक्स र क्रिकेट सम्वन्धि प्रशिक्षण गराइएको हो ।
खेलका नीति, नियम तथा मापदण्डका बारेमा बुझाउँदै पत्रकारले समाचार लेख्दा बुझ्नुपर्ने विषयका बारेमा समेत प्रशिक्षित गराइएको छ । तालिममा सहभागि पत्रकारले खेलका टेक्निकल नियमका विषयमा केन्द्रीत रहेका थिए । समाचार लेख्दा टेक्निकल नियमका बारेमा बुझ्न आवश्यक रहेको सहभागिको भनाई थियो ।
तालिममा भलिबल सम्वन्धि राजन पौडेल, आइटिओ एथ्लेटिक्स सम्वन्धि सिद्धान्त अधिकारी र क्रिकेट सम्वन्धि रिजन प्रजुले प्रशिक्षण दिए ।
यसअघि भएको उत्घाटन सत्रको अध्यक्षता गरेका मञ्चका अध्यक्ष एमबि आस्था मगरले तालिमका बारेमा जानकारी दिँदै यसको आवश्यकता र महत्वका विषयमा प्रकाश पारेका थिए ।
कार्यक्रममा प्रदेश खेलकुद परिषद् गण्डकीका उपाध्यक्ष धोजकुमार गुरुङले खेल क्षेत्रका कुराहरु सरकार समक्ष पुराउन पत्रकारले खेल क्षेत्र र यसका नीति नियम बुझ्न आवश्यक रहेको बताए । साथै खेल र खेलाडीका बारेमा प्रकाशित सकारात्मक समाचारले खेल संघ तथा खेलाडीलाई प्रोत्साहन मिलेको समेत उनको भनाई थियो ।
कार्यक्रममा प्रेस काउन्सिल नेपालका सदस्य केशवशरण लामिछाने, नेपाल खेलकुद पत्रकार महासंघ कास्कीका अध्यक्ष माधव बराललगाएतले शुभकामना मन्तव्य राखेका थिए ।
स्वागत मन्तव्य मञ्चका उपाध्यक्ष राजाराम पौडेलले राखेका थिएभने कार्यक्रमको सञ्चालन मञ्का महासचिव परशुराम शर्माले गरेका थिए ।
पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=18850, citypokhara.com
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ कार्तिक २३, शनिबार १२:०२संसद पुर्नस्थापना हुनुपर्छ , यथास्थितिमा निर्वाचन सम्भव छैन : नेता अधिकारी
समाचार२०८२ कार्तिक २२, शुक्रबार १५:४४प्रतिभा माविमा सिपिएस कार्यान्वयन पूरा, शिक्षिकाहरू सम्मानित
समाचार२०८२ कार्तिक २०, बुधबार १९:५७अर्थमन्त्री र भूमि व्यवस्थामन्त्रीसँग पोउवा संघको प्रतिनिधिमण्डलको भेटघाट
समाचार२०८२ कार्तिक १९, मंगलवार १९:१५पोखराको न्युरोडमा दुवै साइड पार्किङ हुनुपर्ने माग गर्दै व्यवसायीको ध्यानाकर्षण







