पृथ्वीचोक बसपार्कका लागि छुट्टाइएको पूरै जग्गामा बसपार्क बनाउँछौँ : महानगर प्रमुख आचार्य

पोखरा ।
पोखराको पृथ्वीचोकमा सुविधासम्पन्न बसपार्क निर्माणको योजना पाँच दशक अघिको हो ।
बसपार्कका लागि जमिन अधिग्रहण गरिएको लामो समय व्यतित हुँदासम्म बसपार्क बन्न सकेको छैन । बसपार्कका लागि अधिग्रहण गरिएको जमिन समेत खुम्चिदै गएको छ । सुविधासम्पन्न बसपार्क कहिले बन्छ भनेर पोखरेलीले महानगरसँग सँधै प्रश्न गर्ने गरेका छन्।
पोखरा महानगर प्रमुख धनराज आचार्यले बसपार्कका लागि अधिग्रहण गरिएको पूरै क्षेत्रमा बसपार्क बनाउने प्रतिवद्धता जनाउनुभएको छ । उहाँले बसपार्कको १ सय ४८ रोपनी क्षेत्रफलमै बसपार्क बनाउने महानगरको योजना सुनाए ।
पोखरा महानगरले प्रवाह गरेका सेवाका सम्बन्धमा आज आयोजित सार्वजनिक सुनुवाई कार्यक्रममा उनले आफू निर्वाचित भएर आएदेखीनै बसपार्क निर्माणका लागि प्रयत्न गरेको बताए ।
“बसपार्कका लागि सुरुमा एक सय ४८ रोपनी जमिन अधिग्रहण गरिएकामा अहिले २६ रोपनी बाँकी छ, जमिनमा सुकुम्वासी बसेका छन् । उनीहरुलाई व्यवस्थापन गरेर बसपार्कको पूरै क्षेत्रफलमा बसपार्क बन्छ । यसका लाग सबैको साथ र सहयोग चाहिन्छ । ”प्रमुख आचार्यले भने ।
महानगरले १९ हजार १ सय ७६ जनालाई भूमिहीन र सुकुम्वासीलाई निस्सा वितरण गरेकामा त्यसमध्ये चार सय जना बसपार्कमा बसिरहेका रहेको जानकारी दिए।
पोखराको विकास र समृद्धिका लागि आफू दिनमा १८ घण्टा बन्दा बढी समय काम गरेको प्रमुख आचार्यले बताए ।
विभिन्न दातृ निकायबाट अरबौँ रकम ल्याएर पोखराको पूर्वाधार, पर्यटन तथा शहरी यातायात व्यवस्थापन लगायतको क्षेत्रमा काम भइरहेको बताए । प्रमुख आचार्यले भने,“हामीले पोखराका लागि मेसिन भएर काम गरेका छाँ । जाने बेलासम्म परिणाम देख्नुहुन्छ । ”
महानगर प्रमुख आचार्यले वर्खायाम सकिने वित्तिकै फिर्के खोलाको खोलाघर खाली गर्ने अभियान सञ्चालन गरिने बताए । उनले यसअगाडि संरक्षणका काम अघि बढाउँदा अदालतले रोके पनि अहिले ‘गो अहेड’ भनेकाले संरक्षणको काम हुने बताए ।
“फिर्केको मापदण्ड कार्यान्वयन गर्नेछौँ र खोलाघर खाली गर्ने अभियान मनसुन सकिने वित्तिकै सुरु हुन्छ । व्यक्तिको सम्पत्तिको संरक्षण गर्नेछौँ । त्यो बाहेक फिर्के खोलाघर अतिक्रमण गर्न मिल्दैन ।” प्रमुख आचार्यले भने ।
प्रमुख आचार्यले उज्यालो पोखरा अभियान अन्तर्गत विभिन्न २३ स्थानमा हाइमाष्ट बत्ती जडान गरिएको तथा आगामी वर्षमा समेत उज्यालो पोखरा अभियानलाई निरन्तरता दिइने बताए ।
महानगरका प्रवक्ता मोति तिमिल्सिनाले महानगरमा अहिले फाउण्डेशन बनेकाले बाँकी दुई वर्षको अवधिमा जनताले प्रत्यक्ष महसुश गर्ने गरी काम हुने बताए । प्रमुख प्रशासकीय अधिकृत हेमप्रसाद आचार्यले जनताका सुझावबाट काम गर्न दिशा निर्देश हुने बताए ।
नागरिक समाजका रामबहादुर पौडेलले फेवातालमा पुनः जलकुम्भी झारले कुरुप बनाएकाले संरक्षणका काम अघि बढाउन आग्रह गरे । उनले फिर्केका अतिक्रमित संरचना छिटो हटाउन माग गर्नुभयो । पोखरा–१६ का गोपाल गिरीले योजना तर्जुमा गर्दा स्थानीयलाई सहभागी गराउन तथा सेती नदीको मापदण्ड लागू गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा नगरवासीहरुले वडामा कर्मचारी तथा प्राविधिक जनशक्ति न्यून हुँदा समस्या भएको,पशु बधशाला बन्न नसकेको, महानगरको खानेपानी नियमित आपूर्ति हुन नसकेको,सार्वजनिक जमिन अतिक्रमण बढेको, शहरी स्वास्थ्य केन्द्रहरुमा औषधी प्राप्त हुन नसकेको तथा महानगरका सबै वडाहरुमा समानुपातिक विकास हुन नसकेको लगायतका विषयमा ध्यानाकर्षण गराएका थिए।
पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=18855, citypokhara.com
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ फाल्गुन १०, आईतवार १२:०५भुजेल समाज सेवा पाेखराद्वारा माइन्युट लेखन, उद्घोषण तथा नागरिक सचेतना तालिम सम्पन्न
समाचार२०८२ फाल्गुन ९, शनिबार २०:२४१२ वर्षपछि सहाराको कमब्याक:२५औं आहारारा पोखरा गोल्डकपको उपाधि आयोजक सहारालाई
समाचार२०८२ फाल्गुन ८, शुक्रबार २२:५४शनिबार आहा रारा पोखरा गोल्डकपको फाइनल,जावलाखेल र आयोजक सहारा क्लब वीच राेचक भिडन्त
समाचार२०८२ फाल्गुन ८, शुक्रबार १२:५७गण्डकी प्रदेशका ५५ उत्कृष्ट ग्रामीण उद्यमीका लागि नेतृत्व तथा व्यवस्थापन कार्यशाला सम्पन्न







