२० वर्षपछि व्याण्डसहित फर्कंदै विनय

काठमाडौँ। साठीको दशकमा ‘जब तिमी एक्लै थियौं’ गीतबाट चर्चा कमाएका विनय के. टु अर्थात् विनय कार्कीले आफ्नै व्याण्ड मार्फत सांगीतिक यात्रा बढाउने घोषणा गरेका छन् ।
शनिबार, विनयले व्याण्ड परिचयात्मक भिडियो सार्वजनिक गर्दै यस्तो घोषणा गरेका हुन्। घोषणाअनुसार अब उनी ‘विनय कार्की एन्ड थुङ्गा’ व्याण्डमार्फत नेपाली संगीतप्रेमीहरूसँग जोडिने छन्।
डेढ दशकअघि उनले ‘द मिडल युनिट’ व्याण्डमार्फत नै आफ्नो सांगीतिक यात्रा सुरु गरेका थिए। व्याण्डसँग काम गर्दा आफूलाई बढी सन्तुष्टि मिल्ने भएकाले पुनः व्याण्डमा सक्रिय हुन लागेको उनले बताएका छन्।
‘मेरो सांगीतिक यात्राको सुरुआत पनि व्याण्डबाट भएको हो। तर, व्याण्डका साथीहरू विदेश जाने तथा आ–आफ्नो व्यक्तिगत जीवनमा व्यस्त हुन पुगेका कारण मैले एकलरूपमा सांगीतिक यात्रा अघि बढाउनु पर्यो,’ उनले भने, ‘तर, मनमा भने सधैं व्याण्ड बनाएर गाउने चाहना रहिरहन्थ्यो। अहिले त्यो संयोग मिल्यो र मलाई व्याण्डसँगै गाउनमा बढी मजा लाग्छ।’
विनयले तीन वर्षअघि नै पुनः व्याण्ड बनाउने प्रयास सुरु गरेका थिए। अहिले त्यो प्रयासले मूर्तरूप लिएको उनको भनाइ छ। उनका अनुसार व्याण्डले केही गीतहरूको रेकर्डिङ पनि गरिसकेको छ।
नयाँ व्याण्डमा पाँच सदस्य छन्। विनय लिड भोकलिस्टका रूपमा रहनेछन् भने सलोन रम्तेल र रुशान्त विशुङ्खे गिटारिस्टका रूपमा, आदर्श शाही खड्गी ड्रमरका रूपमा र जोन रोका बासिस्टका रूपमा रहनेछन्।
यो व्याण्डले आगामी साउन २४ गते लाइभ कन्सर्ट तथा नयाँ एल्बम रिलिज गर्ने तयारी गरेको छ। सोही दिन व्याण्डको नयाँ गीतको भिडियो पनि सार्वजनिक गर्ने योजना छ।
एकलरूपमा सक्रिय रहँदा विनयले २०६३ सालमा ‘जब तिमी एक्लै थियौं’ गीतमार्फत पहिलोपटक चर्चा कमाएका थिए। त्यसपछि ‘मायामा घात’ (२०७०) र ‘मायामा फसे कि म’ (२०७८) जस्ता गीतहरू नेपाली श्रोताको रोजाइमा परेका थिए। पछिल्लो समय उनले गाएको ‘एक्स लभर’ गीत टिनएजर युवा श्रोतामाझ लोकप्रिय छ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
स्वास्थ्य/जानकारी टिप्स२०८३ जेष्ठ १, शुक्रबार २३:२९सिभिल अस्पतालमा भर्ना भएका बिरामीलाई नि:शुल्क खाना
समाचार२०८३ जेष्ठ १, शुक्रबार २०:२४५१ किलो अफिमसहित १ जना पक्राउ
समाचार२०८३ जेष्ठ १, शुक्रबार १८:५९धादिङ प्रहरीको अपरेशनः अफिम, भरुवा बन्दुक र फरार अभियुक्त पक्राउ
खेलकुद२०८३ जेष्ठ १, शुक्रबार १५:३६राखेपले फुकुवा गर्यो एन्फामाथिको निलम्बन









