आप्रवासी स्रोत केन्द्र सन्चालन सम्बन्धी समन्वय बैठक धादिङबेसीमा सम्पन्न

धादिङ,२६ असार
नीलकण्ठ नगरपालिकाद्वारा सन्चालित सुरक्षित आप्रवासन सामी कार्यक्रम अन्तरगत आप्रवासी स्रोत केन्द्र सन्चालन सम्बन्धी समन्वय बैठक सम्पन्न भएको छ ।नीलकण्ठ नगरपालिकाको आयोजनामा जिल्ला प्रशासन कार्यालय धादिङको हलमा सम्पन्न भएको कार्यक्रममा बैदेशिक रोजगारलाई सुरक्षित,भरपर्दो र मर्यादित बनाउने विषयमा छलफल भएको थियो ।

प्रमुख जिल्ला अधिकारी सुमन अधिकारीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा जिल्ला समन्वय अधिकारी रामश्रय यादव,सहायक प्रमुख जिल्ला अधिकारी मोहन प्रसाद न्यौपाने,नीलकण्ठ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सुवेदी,उप अनुसन्धान निर्देशक हुमकान्त पाण्डे,प्रहरी नायव उपरिक्षक(डिएसपी)सुवास हमाल,नीलकण्ठ नगरपालिकाका प्रशासन शाखा प्रमुख लोकनाथ उपाध्याय,हेल्भेटास नेपालका कार्यक्रम अधिकृत भोजराज सुनुवार लगायतको सहभागिता रहेको थियो ।कार्यक्रममा (सामी) कार्यक्रम संयोजक तथा अधिवक्ता दिनेश दुवाडीले सामी कार्यक्रमले यस आर्थिक बर्षमा सन्चालन गरेको कार्यक्रमहरुको बारेमा जानकारी गराउनु भएको थियो ।

कार्यक्रम संयोजक दुवाडीले जिल्ला प्रशासन कार्यालयसँगै रहेको आप्रवासी सूचना तथा स्रोत केन्द्रबाट वैदेशिक रोजगारी सम्बन्धी परामर्श, वैदेशिक रोजगारीको सिलसिलामा ठगिएकाहरूलाई निःशुल्क कानुनी सेवाको लागि सहजीकरण, वैदेशिक रोजगारीमा रहँदा अङ्गभङ्ग भएका, मृत्यु भएकाहरूलाई क्षतिपूर्तिको लागि पहल गरिदिने, शव नेपाल ल्याउन सहजीकरण गर्ने विप्रेषणलाई आयमूलक क्षेत्रमा खर्च गर्न वित्तीय साक्षरता तथा मनोसामाजिक परामर्श कक्षा सञ्चालन गर्नेलगायतको काम भइरहेको जानकारी दिनुभयो ।

त्यस्तैगरी, वैदेशिक रोजगारीकै कारण सिर्जित मनोसामाजिक समस्या भएकालाई परामर्श सेवा पनि दिइरहेको बताउनुभयो। कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले सामी कार्यक्रमले राम्रो काम गरेको भन्दै वित्तिय साक्षरता कक्षा र मनोसामाजिक परामर्श कार्यक्रमलाई थप प्रभावकारी बनाएर अगाडी बढाउनको लागि आग्रह गर्नुभयो ।बैदेशिक रोजगारलाई थप मर्यादित,सुरक्षित बनाउको लागि सरोकारवाला निकायबिच समन्वय र सहकार्य गर्ने विषयमा छलफल भएको छ ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ माघ १९, आईतवार २०:०३पुनः वर्षा गराउने प्रणाली सक्रिय-काठमाडौँमा मङ्गलबार राति वर्षा हुन सक्ने
समाचार२०८२ माघ १९, आईतवार १९:१०प्रेस काउन्सिल र महासंघको टोलीद्वारा नीलकण्ठ एफ.एम.को कार्यालय निरीक्षण
स्वास्थ्य/जानकारी टिप्स२०८२ माघ १९, आईतवार १७:२७पाठेघरको मुखको क्यान्सरविरुद्ध खोप लगाइँदै
स्वास्थ्य/जानकारी टिप्स२०८२ माघ १९, आईतवार १४:४९राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्यान्सरको उपचार हुने







