पोखरा-११,काहुँमा तान्त्रिक संघको कार्यालय उद्घाटन

पोखरा । तान्त्रिक संघ कास्कीको पोखरा महानगरपालिका ११ काहुँडाँडा स्थित कार्यालयको बिहिवार उद्घाटन गरिएको छ । अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष विष्णु केसीले बिहीबार संघको उद्घाटन गरेका हुन् ।
अध्यक्ष के.सी.ले धामी झाँक्रीले फुकेर उपचार गर्ने परम्परागत र संस्कृति भएकाले यसलाई जोगाउनुपर्ने बताए । फुकफाक गरेर उपचार गर्ने अन्धविश्वास नभई आस्थासँग गहिरो रुपमा जोडिएको उनको भनाई छ ।
परम्परागत ज्ञान, उपचार विधि र धार्मिक कार्यले समुदायको आत्मबल बढाउने र मानसिक शान्ति प्रदान गर्ने केसीको विश्वास छ । उनले तान्त्रिकबारे संविधानमा केहि उल्लेख नभएतापनि तान्त्रिक संघ बिधि र नियम अनुसार अघि बढ्न आग्रह गरे । साथै, उनले पालिकाबाट सक्दो सहयोग गर्ने वचन दिए ।
काहुँडाडा निवासी भरत आचार्यले केन्द्रलाई घर र जग्गा उपलब्ध गराएका हुन् । आचार्यले नियम कानुनभित्र रहेका काम गर्न आग्रह गरे । यसलाई सेवामुलक बनाउँदै सामाजिक कार्यमा निरन्तर लाग्न उनले जोड दिए ।
तान्त्रिक संघ सञ्चालक तथा शिव भक्त धर्मगुरु मिलन घिमिरेले संस्कार र संस्कृति जोगाउने उद्देश्यले केन्द्रको स्थापना गरिएको जानकारी दिए । ‘परम्परागत संस्कार संस्कृति तान्त्रिक विधि तथा दैविक शक्तिको संरुक्षण गर्न र तान्त्रिक धामी झाँक्रीको पहिचान जोगाउनका लागि तान्त्रिक झाँक्री केन्द्र स्थापना गरिएको हो ।’- सञ्चालक घिमिरेले भने । नराम्रो शक्तिबाट समाजलाई जोगाउन प्रयत्न गरिने उनको भनाई छ । उनले उपचारमा टाढाबाट आउने सेवा ग्राहीहरुलाई खानेबस्ने सुविधा रहेको जानकारी दिए ।
पुर्वाञ्चल सेवा समाजका अध्यक्ष बाल कुमार लुइँटेलले तान्त्रिकको विशेष भूमिकाबारे बताए । तान्त्रिक बिधि संरक्षणका लागि कार्यालय सञ्चालनमा ल्याइएको झाक्री धर्मगुरु प्रविन तामाङले जानकारी दिए । कार्यक्रममा झाँक्री प्रदर्शनी गरिएको थियो ।
झाँक्री धर्मगुरु प्रविन तामाङ, शिव भक्त धर्मगुरु मिलन घिमिरे, सम्झना घिमिरे, बाल कुमार लुँइटेल मिलेर तान्त्रिक संघ सञ्चालन गरेका हुन् ।
जोखना हेर्ने छोप्ने काम्ने, बिर्मुल पार्ने, ग्रह दसा शान्ति गर्ने जीउ दुख्ने, हात खुट्टा झमझमाउने तान्त्रिक बिधिमार्फट उपचार गरिन्छ । साथै कोखा जगाउने, शरीर जोगाउने दैविक शक्ति छन् भने, उतार्ने नयाँ झाक्री मातालाई प्रशिक्षण दिईने र तान्त्रिक विधि र दैविक शक्तिबाट हुने सम्पुर्ण कार्य गरिनेछ ।
पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=18921, citypokhara.com
लेखकको बारेमा

लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ आश्विन २९, बुधबार १४:१५ओलीले भने-‘भदौ २३ र २४ का घटना देश सिद्ध्याउने योजनाअनुसार भएका हुन्’
समाचार२०८२ आश्विन २९, बुधबार ११:३३पत्रकारलाई काउन्सिलको सहयोग
समाचार२०८२ आश्विन २८, मंगलवार २३:१७विष्णुपादुका माइस्थान गुठी व्यवस्थापन समितिको साधारणसभा,धार्मिक गतिविधिले मन्दिर थप आकर्षक
समाचार२०८२ आश्विन २८, मंगलवार १२:४६बालेनले किसानलाई ‘फोहर’ भनेपछि किसान महासंघको आपत्ति, सार्वजनिक रूपमा माफी माग्न माग्न चेतावनी