नीलकण्ठ बहुमुखी क्याम्पसको प्रमुखमा डा. मुरारी अधिकारी नियुक्त

धादिङ, २९ असार ।
धादिङ जिल्लाको शैक्षिक केन्द्रका रूपमा स्थापित नीलकण्ठ बहुमुखी क्याम्पसको प्रमुखमा डा. मुरारी अधिकारी नियुक्त भएका छन्। क्याम्पस सञ्चालक समितिको असार २७ गते बसेको बैठकले आगामी चार वर्षका लागि डा. अधिकारीलाई प्रमुख पदमा नियुक्त गर्ने निर्णय गरेको हो।
डा. अधिकारी यसअघि नेपाली कांग्रेस निकट नेपाल प्रेस युनियनका केन्द्रीय उपाध्यक्ष तथा गोरखापत्र दैनिकका धादिङ संवाददाताका रूपमा सक्रिय रहनुभएको छ ।
वि.सं. २०५७ सालमा जम्मा १२ जना विद्यार्थीबाट सुरु भएको नीलकण्ठ बहुमुखी क्याम्पस हाल विश्वविद्यालय अनुदान आयोग (यूजीसी) बाट गुणस्तर प्रत्यायन (QAA) प्राप्त गर्ने धादिङ जिल्लाको पहिलो तथा एकमात्र क्याम्पसको रूपमा स्थापित भइसकेको छ।
२०५७ साल मंसिर ६ गते स्थापना भएको क्याम्पसका संस्थापक प्रमुख भूपेन्द्र कुमार श्रेष्ठ थिए। त्यसपछिको दोस्रो कार्यकालमा २०७३ सालदेखि नवराज शर्मा प्रमुखको जिम्मेवारीमा रहनुभएको थियो। शर्माको कार्यकाल समाप्त भएपछि डा. अधिकारीले नेतृत्व सम्हाल्नुभएको हो।
नवनियुक्त प्रमुख डा. अधिकारीले क्याम्पसको शैक्षिक गुणस्तरमा अझ सुधार गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। उहाँका अनुसार स्थानीय आवश्यकता र भविष्यका सम्भावनालाई ध्यानमा राख्दै क्याम्पसलाई जिल्लाकै नमुना शैक्षिक संस्थाको रूपमा विकास गरिनेछ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
स्वास्थ्य/जानकारी टिप्स२०८३ जेष्ठ १, शुक्रबार २३:२९सिभिल अस्पतालमा भर्ना भएका बिरामीलाई नि:शुल्क खाना
समाचार२०८३ जेष्ठ १, शुक्रबार २०:२४५१ किलो अफिमसहित १ जना पक्राउ
समाचार२०८३ जेष्ठ १, शुक्रबार १८:५९धादिङ प्रहरीको अपरेशनः अफिम, भरुवा बन्दुक र फरार अभियुक्त पक्राउ
खेलकुद२०८३ जेष्ठ १, शुक्रबार १५:३६राखेपले फुकुवा गर्यो एन्फामाथिको निलम्बन








