पर्वतकाे ईमोर्टल सेक्ररेड स्कुलमा शिक्षक क्षमता अभिवृद्धि कार्यक्रम

पर्वत । इमोर्टल सेक्ररेड मेमोरियल इङ्लिस बोर्डिङ स्कुलमा “शिक्षण–सिकाइ सहजीकरण तथा एकीकृत पाठ्यक्रम प्रवर्द्धन” विषयक विशेष कार्यक्रम सम्पन्न भएको छ।
पर्वत जिल्लाकाे जलजला ७, मिलनचाेकमा रहेकाे साे स्कुलले शिक्षकहरूको क्षमता अभिवृद्धि गर्दै, समयानुकूल परिमार्जित पाठ्यक्रमका विधिहरूलाई व्यवहारिक रूपमा शिक्षणमा प्रयोग गर्ने उद्देश्यले कार्यक्रमकाे आयाेजना गरेकाे हाे ।

शुक्रबारदेखि चारदिनसम्म चलेकाे कार्यक्रममा विद्यार्थीकै सहभागितामा आधारित सिकाइ प्रविधिलाई प्रवर्द्धन गर्दै सिकाइ प्रक्रियालाई अझ प्रभावकारी र उपलब्धिमूलक बनाउने विषयमा प्रशिक्षण दिइएको हो।
विद्यालय सञ्चालक समितिका अध्यक्ष मिलन पुनले यस्ता कार्यक्रमले शिक्षकहरूको व्यावसायिक दक्षता बढाउन र विद्यार्थीको सिकाइमा गुणात्मक सुधार ल्याउन ठूलो योगदान पुर्याउने विश्वास व्यक्त गरे । उनले भने-“आजको युगको शिक्षकले केवल पाठ्यपुस्तक मात्र होइन, प्रविधि, मनोविज्ञान र व्यवहारिक सीप पनि जान्नुपर्छ। यस्ताे प्रशिक्षणले शिक्षणमा नयाँ दृष्टिकोण ल्याउँछ।”

विद्यालयका प्रिन्सिपल देवेन्द्र प्रसाद आचार्यले शिक्षकलाई समयअनुसार अपडेट हुँदै जानु आवश्यक रहेको बताए । उनले शिक्षकहरूमा देखिएको लगाव र सक्रियता प्रति धन्यवाद व्यक्त गर्दै यस्ता तालिमको निरन्तरता आवश्यक रहेको उल्लेख गरे।
कार्यक्रममा सहभागी सहजकर्ताहरुले प्रभावकारी शिक्षण विधि, विद्यार्थीको व्यवहारिक सिकाइ तथा पाठ्यक्रम अनुकूल सिकाइ दृष्टिकोणमा केन्द्रित प्रशिक्षण प्रदान गरेका थिए।

कार्यक्रममा सहजकर्ता पाेखराकाे प्रतिभा माध्यमिक विद्यालयकी मन्टेश्वरी काे-अर्डिनेटर निर्मला सुवेदीले सोधपुछ/अन्वेषण आधारित शिक्षण, मन्टेश्वरी दृष्टिकोण, सहज सामग्री निर्माण, गृहकार्यको उचित अभ्यास र कक्षा व्यवस्थापन लगायतका विषयमा सहजीकरण गरेकी थिईन ।

यस्तै अन्य सहजकर्ताहरु गण्डकी बाेर्डिङ्ग स्कुलका शिक्षकद्वय झलकनाथ आचार्य, रवी सुनार, प्रतिभा मा.वि.का शिक्षिक सरस्वती शर्माले समूहगत कार्य, अभ्यासजन्य गतिविधि र संवादात्मक शैली अपनाएर प्रशिक्षणलाई आकर्षक र सहभागिमुखी बनाएका थिए।

कार्यक्रम विद्यालय व्यवस्थापन समितिका सदस्यहरु, नर्सरीदेखि कक्षा ७ सम्म अध्यापन गराउने शिक्षक, शिक्षिकाहरु लगायतकाे सकृय सहभागिता रहेकाे थियाे ।
पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=18957, citypokhara.com
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ फाल्गुन १०, आईतवार १२:०५भुजेल समाज सेवा पाेखराद्वारा माइन्युट लेखन, उद्घोषण तथा नागरिक सचेतना तालिम सम्पन्न
समाचार२०८२ फाल्गुन ९, शनिबार २०:२४१२ वर्षपछि सहाराको कमब्याक:२५औं आहारारा पोखरा गोल्डकपको उपाधि आयोजक सहारालाई
समाचार२०८२ फाल्गुन ८, शुक्रबार २२:५४शनिबार आहा रारा पोखरा गोल्डकपको फाइनल,जावलाखेल र आयोजक सहारा क्लब वीच राेचक भिडन्त
समाचार२०८२ फाल्गुन ८, शुक्रबार १२:५७गण्डकी प्रदेशका ५५ उत्कृष्ट ग्रामीण उद्यमीका लागि नेतृत्व तथा व्यवस्थापन कार्यशाला सम्पन्न







