महानायक राजेश हमाल सहित चर्चित सेलिब्रेटीहरुद्धारा होटल स्मार्टको उद्घाटन

काठमाण्डौँ । काठमाण्डौँको धुम्बाराही चौंकमा विभिन्न सेवा सुविधा सहित होटल स्मार्ट सञ्चालनमा आएको छ । सोमबार साँझ उक्त होटलको उद्घाटनका लागि महानायक राजेश हमाल सहित चर्चित सेलिब्रेटीहरुको बाक्लो उपस्थिती रहेको थियो ।
महानायक हमालले होटलको मुख्य प्रवेशद्धारको उद्घाटन पानसमा बत्ती बाल्दै रिवन काटेर भब्य तरिकाले शुभारम्भ गरेका थिए भने गायक प्रमोद खरेलले दोश्रो प्रवेशद्धार, सञ्चारकर्मी प्रकाश सुवेदीले क्याफे, गायिकाद्धय मिलन नेवार र मेलिना राईले वेलनेस सेन्टर , द भ्वाइस अफ नेपालका निर्देशक लक्ष्मण पौडेलले थकाली सेक्सन, र अर्का सञ्चारकर्मी सुशिल नेपालले रुफ टप बारको उद्घाटन गरेका थिए ।
यदि तपाईहरुलाई यो होटल मन पर्यो भने पक्कै पनि तपाईहरुलाई मेरो घर पनि मन पर्नेछ किन कि यो होटल जसले बनाउनु भएको हो मेरो नयाँ घर पनि उहाँहरुले बनाउनु भएको हो । महानायक राजेश हमालले होटल उद्घाटनका कार्यक्रममा बताएका छन । हमाल गत बैशाख १ गते देखि बुढानिलकण्ठ स्थित नयाँ घरमा बस्दै आएका छन ।
यसैगरी प्रकाश सुवेदीले मुख्य हाईवेमै यति धेरै सुविधा सहितको होटल निर्माण हुनु प्रसंसनीय रहेको बताए । गायक प्रमोद खेरेल सहित मेलिना राई , मिलन नेवारले द भ्वाईसको स्टूडियो नजिकै रहेका कारण लागि रिफ्रेशमेन्टका लागि यो होटल पायक पर्ने बताए ।
करिब ४० करोड रुपैयाँको लागतमा निर्माण भएको होटल स्मार्टमा १७ वटा कोठा सहित ६ सय क्षमताको बैंकेट हल, सय क्षमताको रेष्टुरेन्ट, क्याफे, थकाली घर, स्वीमिङ पुल, साउना स्टिम र जाकुजी सहित रुप टप गार्डेन र रेष्टुरेन्ट छ ।
होटललाई ३५ बर्षीय युवा सुरेश कार्की र उनको समूहले सञ्चालनमा ल्याएको हो । उद्घाटनका क्रममा सुरेशले भनेका छन यो होटल सवै बर्गका ग्राहक लक्षित छ एकै ठाउँमा धेरै सुविधा र ग्राहक मैत्री छ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
स्वास्थ्य/जानकारी टिप्स२०८३ जेष्ठ १, शुक्रबार २३:२९सिभिल अस्पतालमा भर्ना भएका बिरामीलाई नि:शुल्क खाना
समाचार२०८३ जेष्ठ १, शुक्रबार २०:२४५१ किलो अफिमसहित १ जना पक्राउ
समाचार२०८३ जेष्ठ १, शुक्रबार १८:५९धादिङ प्रहरीको अपरेशनः अफिम, भरुवा बन्दुक र फरार अभियुक्त पक्राउ
खेलकुद२०८३ जेष्ठ १, शुक्रबार १५:३६राखेपले फुकुवा गर्यो एन्फामाथिको निलम्बन









