समाधान पत्रकारितासम्बन्धी कार्यशाला सम्पन्न


काठमाडौँ ।
प्रेस काउन्सिल नेपालले सोलुसन जर्नालिज्म नेटवर्कसँगको सहकार्यमा ‘समाधान पत्रकारिता (सोलुसन जर्नालिज्म)सम्बन्धी कार्यशाला सम्पन्न गरेको छ । प्रेस काउन्सिल नेपालको सभाहलमा मंगलबार एक कार्यक्रमबिच समाधान पत्रकारितासम्बन्धी आधारभूत कार्यशाला सम्पन्न भएको हो । सोलुसन जर्नालिज्म नेटवर्कका मान्यता प्राप्त प्रशिक्षक टुमराज कोइरालाले उक्त कार्यशालामा कार्यपत्रसहितको प्रस्तुती राख्नुभएको थियो । सो क्रममा उहाँले समाधान पत्रकारिताबारे परिचयसहित यसका आधारभूत पक्ष, यसको राष्ट्रिय तथा अन्तर्राष्ट्रियरूपमा भएका अभ्यासबारे चर्चा गर्नुभएको थियो । कार्यशालामा पत्रपत्रिका, रेडियो, टेलिभिजन र अनलाइन सञ्चारमाध्यममा कार्यरत २० भन्दा बढी पत्रकारको सहभागिता रहेको थियो । उक्त कार्यशालामा प्रेस काउन्सिल नेपालका सदस्य बालकृष्ण अधिकारीले प्रेस काउन्सिल नेपाल प्रेस स्वतन्त्रताका संरक्षण गर्दै समाधान पत्रकारिताका लागि सहकार्य गर्दै अगाडि बढ्न तयार रहेको बताउनुभयो ।
तीन सत्रमा विभाजित कार्यशालामा पहिलोसत्रमा समाधान पत्रकारितासम्बन्धी कार्यपत्र प्रस्तुत गरिएको थियो । दोस्रोसत्रमा समाधान पत्रकारितासम्बन्धी नेपालमा भएका अभ्यासका सन्दर्भमा छलफल गरिएको थियो । त्यस्तै, तेस्रोसत्रमा समाधान पत्रकारिताका सन्र्दभमा अबको बाटो कस्तो हुनुपर्छ भन्नेबारेमा छलफल भएको थियो ।
छलफलमा प्रेस काउन्सिल नेपालका वरिष्ठ प्रशासकीय अधिकृत दीपक खनाल, नेपाल टेलिभिजनका कार्यकारी सम्पादक डा. राजेन्द्रराज तिमिल्सिना, गोरखापत्र दैनिकका सम्पादक तुलसीहरि कोइराला, नेपाल टेलिभिजनका वरिष्ठ समाचार सम्पादक देवीप्रसाद सापकोटा, नेपाल समाचारपत्र दैनिकका डेक्स सम्पादक प्रमुख यदुप्रसाद भट्ट, नागरिक दैनिकका सह–सम्पादक तिलकप्रसाद सापकोटा, राजधानी दैनिका वरिष्ठ संवाददाता सुवास साह, नयाँपत्रिका दैनिकका वरिष्ठ संवाददाता टेकराज थामी, अन्नपूर्णपोष्ट दैनिकका समाचार संयोजक रामकला खड्का सामुदायिक रेडियो नेटवर्क ‘सिआइएन’का संवाददाता सुशीला श्रेष्ठ, जलवायु डटकमका सम्पादक सौगात मिश्र लगायतले यससम्बन्धमा आ–आफ्ना जिज्ञासासहित धारणा राख्नुभएको थियो ।
कार्यशालामा आएका जिज्ञासाको जवाफ मुख्य अधिकृत झबिन्द्र भुसालले र प्रशिक्षक टुमराज कोइरालाले दिनुभएको थियो । कायक्रमको संयोजन उप–प्रशासकीय अधिकृत सविता ढकालले गर्नुभएको थियो ।
सहभागिलाई स्वागत गर्दै सोलुसन जर्नालिज्म नेटवर्कले काउन्सिलसँग सहकार्यमा यस प्रकारकोा कार्यक्रम पहिलोपटक आयोजना गरिएको र यो कार्यक्रमपश्चात् सम्बन्धित सञ्चार माध्यममा सुक्ष्म रूपमा समाधानमुखी पत्रकारिताको आयामबारे अध्ययन गरी छलफल समेत गरिने काउन्सिलका मुख्य अधिकृत झबिन्द्र भुसालले बताउनुभयो ।
पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
https://www.presscouncilnepal.gov.np/np/2025/07/15/9864/, www.presscouncilnepal.gov.np
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ बैशाख १०, बिहीबार १७:२०विज्ञापन नीति खारेजीको माग गर्दै पत्रकार महासंघ कास्कीको ज्ञापनपत्र
समाचार२०८३ बैशाख १०, बिहीबार १५:०७प्युठानमा तीर्थयात्री बोकेको जिप दुर्घटना: एक बालकको मृत्यु, २१ जना घाइते
समाचार२०८३ बैशाख १०, बिहीबार ०६:३११० औं पोखरा स्पोर्टस अवार्डलाई टाइगर ग्रुपकाे साथ
समाचार२०८३ बैशाख १०, बिहीबार ०६:२४लेउवा संघमा ‘बिजनेश ईन्कुबेशन’ सम्बन्धी अभिमुखिकरण








