कांग्रेस प्रदेश समितिद्वारा कृष्ण केसीलगायतको कारबाही बिनासर्त फुकुवा गर्न माग

पोखरा । नेपाली कांग्रेसका नेता कृष्ण केसी लगायत नेताहरुमाथि भएको कारबाहीप्रति कांग्रेसका नेता तथा कार्यकर्ताले निःसर्त फुकुवाको माग गरिरहेका छन् ।कांग्रेस अनुशासन आयोगले गरेको कारबाहीविरुद्ध कांग्रेसका उच्च नेता, कार्यकर्ता र भातृ संगठनका पदाधिकारीले कारबाही अनुपयुक्त, विरोधाभास, व्यक्ति केन्द्रीत र राजनीतिक प्रतिशोधको रुपमा आएको भन्दै उनीहरुले तुरुन्त बिनासर्त फुकुवा गर्न माग गरेका हुन् ।
नेपाली कांग्रेस प्रदेश सभा, क्षेत्रीय कार्यसमितिको कार्यालय क्षेत्र नं १ ख कास्कीको पूर्ण बैठकले निर्णय गर्दै कांग्रेस केन्द्रीय अनुशासन समितिका संयोजकलाई ‘अनुशासनको कारबाही पुनरावलोकन खारेज’ सम्बन्धमा पत्र लेख्दै कारबाहीप्रति गम्भीर आपत्ति जनाएकाे छ ।
सभापति कृष्णप्रसाद कोइराला, समितिका पदाधिकारीसहित २८ जनाले लिखित रुपमा आपत्ति जनाउँदै कारबाही पूर्णतः अन्यायपूर्ण, पूर्वाग्रही र गुटको प्रभावमा आधारित भएको बताएका छन् ।
पत्रमा लेखिएको छ,‘नेपाली कांग्रेसभित्र पार्टी विधान, लोकतान्त्रिक मूल्य र सांगठनिक मर्यादाको विपरित प्रतिशोधपूर्ण, पूर्वाग्रही र गुटबन्दिको प्रभावमा २०८२ असार २५ गते केन्द्रीय संयोजक आनन्द ढुंगानाको नाममा प्रेसित अनुशासनको कारबाही गरिएको घटनाले सम्पूर्ण पार्टी अनुशासित कार्यकर्ता र आम कांग्रेस परिवारलाई दुःखी र आक्रोशित बनाएको छ ।’
कास्कीका निवर्तमान सभापति नेता कृष्ण केसी, पूर्व आमन्त्रित केन्द्रिय सदस्य कुमार खड्का र भावना श्रेष्ठ लगायतका नेता, कार्यकर्तामाथि गरिएको कारबाहीले नेपालको ठूलो र पूरानो पार्टीप्रति जनतामा बितृष्णा बढाएको र नजिकिँदै गरेको १५ औं महाधिवेशन तथा आम निर्वाचनको समयमा विगत ३ वर्ष अगाडि भएको निर्वाचनको विषयलाई लिएर हाल आएर भएको अन्यायपूर्ण निलम्वनले कांग्रेसमा गुट, अवसरवादी प्रवृत्तिको मौन स्वीकार्यता झल्काएको पत्रमा उल्लेख छ ।
पत्रमा पार्टीको निर्णय लोकतान्त्रिक प्रक्रिया र निष्पक्ष छानबिनको आधारमा हुनुपर्नेमा व्यक्तिविशेषका आन्तरिक स्वार्थ र सत्ता लोलुपताले प्रभावित भई कारबाही गरिएको उनीहरुको आरोप छ ।
‘सो निर्णयले पार्टी नीति, विधान र लोकतान्त्रिक मूल्यहरुमाथि प्रहार गरेको छ । पार्टीका शुभचिन्तक र विभिन्न समितिहरुले यो निर्णय फिर्ता लिन माग गर्दछौं ।पार्टीको एकता र सिद्धान्त जोगाउन निर्णय तत्काल सच्याइनु पर्ने दृढ माग छ । निर्णय नसच्चिए सिंगो कांग्रेस कमजोर हुन्छ र बिपक्षी बलियो हुने निश्चित छ । न्याय र एकताको पक्षमा हामी एक छौं । निर्णय सच्याईएन भने जिल्ला संगठनलाई ठूलो क्षति हुनेछ ।’ पत्रमा भनिएकाे छ ।
पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=18998, citypokhara.com
लेखकको बारेमा

लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ आश्विन ३, शुक्रबार ०९:४१संविधान दिवसमा गण्डकी प्रदेश प्रमुख भट्टको शुभकामना सन्देश
समाचार२०८२ आश्विन २, बिहीबार ०८:०७७४ जना मृतककाे दिप सम्झनामा पोखरामा १००८ दिप प्रज्वलन
समाचार२०८२ आश्विन १, बुधबार ००:०५जेनजी आन्दोलनमा ज्यान गुमाउनेको सम्मानमा बुधबार सार्वजनिक बिदा
समाचार२०८२ भाद्र ३०, सोमबार १४:२६मौन शान्ति ¥यालीको आयोजना गर्दै पोखरा उद्योग वाणिज्य संघ