पर्स्याङबाट गाईघाट (शुक्लागण्डकी) सम्म स्नान यात्रा तथा जल अर्पण कार्यक्रम सम्पन्न

पोखरा । श्री पर्स्याङ बगैचा पार्क व्यवस्थापन समिति, वडा नं. ५ कास्कीको आयोजनामा आज गाईघाट (शुक्लागण्डकी) स्नान यात्रा तथा सन्तानेश्वर शिव मन्दिरमा जल अर्पण कार्यक्रम भक्तिभावपूर्वक सम्पन्न भएको छ।
साउन महिनाको पहिलो सोमबार पारेर गरिएको धार्मिक कार्यक्रममा भक्तजनहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रमले सामुदायिक एकता, धार्मिक आस्था र संस्कृति संरक्षणमा योगदान पुर्याएको समितिका अध्यक्ष शिवप्रसाद पराजुलीले बताएका छन्।
भक्तजनहरु पर्स्याङ बगैचापार्कबाट बिहान ५:३० बजे भजन–कीर्तनसहित गाईघाट प्रस्थान गरेका थिए ।
स्थानिय टोल विकास संस्था, आमा समूह, भजन समूह र संघ–संस्थाहरूको सक्रिय सहभागितामा भक्तजनहरूले गाईघाटमा स्नान गरी पुनः सन्तानेश्वर शिव मन्दिरमा जल चढाएर पूजाआजा गरेका थिए ।

कार्यक्रमको लागि निशुल्क गाडीको व्यवस्था जगदम्बा ग्रुपले गरेको थियो।
यसैबीच, समितिले आगामी दिनहरूमा अझ धार्मिक र सांस्कृतिक कार्यक्रमहरूलाई निरन्तरता दिने जानकारी गराएको छ।
समितिका अनुसार, आगामी माघ २२ गतेदेखि फागुन ७ गतेसम्म प्रस्याङमा श्रीशिवमहापुराण ज्ञानमहायज्ञ आयोजना गरिनेछ।
उक्त धार्मिक अनुष्ठानमा देश-विदेशबाट साधु–सन्त, धर्मगुरु र श्रद्धालुहरूको सहभागिता अपेक्षा गरिएको छ।
पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=19009, citypokhara.com
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ जेष्ठ १, शुक्रबार ०७:००२ लाख ८७ हजार नगदसहित जुवातास खेल्ने–खेलाउने ८ जना पक्राउ
समाचार२०८३ जेष्ठ १, शुक्रबार ०६:३०ट्रम्पले भने- दुवैको जित, सीले भने- दुवैको हित
समाचार२०८३ बैशाख ३१, बिहीबार २१:५२दीननाथ बराललाई उत्कृष्ट खेल पत्रकार अवार्ड
समाचार२०८३ बैशाख ३०, बुधबार २२:४०गण्डकीलाई खेल पर्यटनको विश्वव्यापी ‘हब’ बनाउन स्पष्ट नीति र लगानीको खाँचो









