चलचित्र ‘सिटामोल’ को ट्रेलर सार्वजनिक

काठमाडौँ। आगामी साउन २३ गते जनैपूर्णिमाको अवसरमा प्रदर्शनमा आउने सिनेमा ‘सिटामोल’को ट्रेलर सार्वजनिक गरिएको छ । बुधबार सार्वजनिक सिनेमाको ३ मिनेट २० सेकेण्ड लामो ट्रेलरमा हल्का शैलीको कमेडी, सटिक संवाद र सामाजिक व्यङ्ग्यले भरिएको ट्रेलरले ‘सिटामोल’प्रति दर्शकको चासो बढाएको छ ।
सिनेमाको सार्वजनिक ट्रेलरका सुरुका दृश्यहरूमा नेपाली समाजमा देखिने पारिवारिक झमेला, गरिबी, बेरोजगारी र सरकारी लापरवाहीलाई हास्य व्यङ्ग्यको रुपमा प्रस्तुत गरिएको छ । मुख्य पात्रहरू गाउँले परिवेशमा देखिन्छन्, जहाँ मानिसले सामान्य समस्या समाधानका लागि पनि धेरै दुःख पाइरहेका देखिन्छ ।
सिनेमामा सामाजिक सन्देशलाई हास्यरसको माध्यमबाट प्रस्तुत गर्ने प्रयास गरिएको छ, जसले दर्शकलाई हँसाउँदै सोच्न पनि बाध्य पार्ने संकेत ट्रेलरले दिएको छ । पात्रहरूले बोलेका संवाद, तिखा कटाक्ष र सरल तर गम्भीर प्रसंगहरूले ट्रेलरलाई प्रभावशाली बनाएको छ । ट्रेलरमा सौगात मल्ल र बेनिशा हमाल अनुभवी कलाकारको दमदार अभिनय झल्किन्छ । उनीहरूको सहज अभिनयले ट्रेलरलाई अझ आकर्षक बनाएको छ ।
यो सिनेमाको निर्देशन पक्षबाट सशक्त व्यङ्ग्य शैली अपनाइएको छ भने, सम्पादन र सिनेमाटोग्राफीले ग्रामीण परिवेशलाई राम्रोसँग उतारेको देखिन्छ । ‘सिटामोल’ नेपाली समाजका दु:ख-पिर, विडम्बना र भ्रष्ट प्रणालीप्रतिको कटाक्ष हो । ट्रेलरले देखाएअनुसार सिनेमाले कमेडी मात्र होइन, गहिरो सन्देश पनि दिन खोजेको देखिन्छ ।
राज बहादुर साने निर्देशित सिनेमामा सौगात र बेनिशासहित श्री कृष्ण निरौला, जानुका विश्वकर्मा, लोकेन्द्र लेखक, भुगोल कार्की, हिउँवाला गौतम, सुशील पोखरेल, दिनेश रेग्मी, आरआर खड्का, ज्ञानु मल्ल, पवन भट्टराई, काजल भुजेल र बालकलाकार करण नेपाली, आराध्या राज्यलक्ष्मी डिसीको अभिनय छ । श्री कृष्ण र जानुकाले यही सिनेमाबाट नेपाली रजतपटमा डेव्यु गरेका हुन् ।
तुल्सी देवी फिल्म प्रालीले जुनतारा फिल्मस्को सहकार्यमा निर्माण भएको सिनेमाको कथा प्रदीप भारद्धाज र निर्देशक सानेले लेखेका हुन् । सिमोस सुनुवारको प्रस्तुती रहेको सिनेमामा भुगोल कुमार कार्की र विकाश राज जोशी निर्माता तथा अप्सरा नेपाली, अजय मल्ल र कुमार केसी कार्यकारी निर्माता अनि गंगाराम श्रेष्ठ सह-निर्मातामा छन् ।
बाबुल गिरीको संगीत, कविराज गहतराजको कोरियोग्राफी, बन्दे प्रसादको सम्पादन, डिआई कलर राजेन्द्र मोक्तान, साउण्ड डिजाइनर मुकेश शाह, द्धन्द्व निर्देशन देव महर्जन र शंकर महर्जन, राकेश दाहालको पोस्टर डिजाइन, प्रोडक्सन म्यानेजर विकास तामाङ र धनबहादुर राई रहेको सिनेमालाई दिव्य सुवेदीले खिचेका हुन् ।
लेखकको बारेमा

- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ श्रावण ८, बुधबार २०:३२आन्तरिक द्वन्द्वका कारण प्राप्त उपलब्धि गुम्ने खतरा: उपप्रधानमन्त्री
स्वास्थ्य/जानकारी टिप्स२०८२ श्रावण ८, बुधबार १८:४९सामाजिक सुरक्षा कोषले श्रमिक र परिवारको स्वास्थको सम्पूर्ण जिम्मा लिने
समाचार२०८२ श्रावण ८, बुधबार १८:३१जेन्जीः समाज रूपान्तरणको संवाहक कि जोकर ?
समाचार२०८२ श्रावण ८, बुधबार १७:१९पूर्वमन्त्री टोपबहादुर रायमाझीको मुद्दामा १८ गते पेसी तोकियो