‘सिटामोल’को ट्रेलर सार्वजनिक, हास्य र व्यङ्ग्य संगै रोदन

काठमाडौँ। जनैपूर्णिमाको अवसर पारेर साउन २३ गतेबाट प्रदर्शनमा आउन लागेको नेपाली फिल्म ‘सिटामोल’को ट्रेलर सार्वजनिक गरिएको छ। ३ मिनेट २० सेकेन्ड लामो ट्रेलरले हल्काफुल्का हास्य, सामाजिक व्यङ्ग्य र गहिरो सन्देशलाई संयोजन गर्दै दर्शकको चासो तानेको छ।
ट्रेलरमा नेपाली समाजमा देखिने गरिबी, बेरोजगारी, पारिवारिक झमेला र सरकारी लापरवाहीलाई व्यङ्ग्यात्मक तरिकाले प्रस्तुत गरिएको छ। गाउँले परिवेशमा खिचिएको दृश्यहरूमा मुख्य पात्रहरू जीवनका सामान्य समस्यासँग संघर्ष गरिरहेका देखिन्छन्।
सौगात मल्ल र बेनिशा हमालको दमदार अभिनय, पात्रहरूको सटिक संवाद र तिखा कटाक्षले ट्रेलरलाई प्रभावशाली बनाएको छ। हास्यरसको माध्यमबाट सामाजिक चेतना जगाउने प्रयास ट्रेलरमा झल्किएको छ।
राज बहादुर साने निर्देशित सिनेमामा सौगात र बेनिशासँगै श्रीकृष्ण निरौला, जानुका विश्वकर्मा, लोकेन्द्र लेखक, भुगोल कार्की, सुशील पोखरेल, काजल भुजेललगायत कलाकारको अभिनय छ। श्रीकृष्ण र जानुकाको यो डेब्यु फिल्म हो।
तुल्सी देवी फिल्म प्राली र जुनतारा फिल्म्सको सहकार्यमा निर्माण भएको ‘सिटामोल’को कथा निर्देशक साने र प्रदीप भारद्धाजले लेखेका हुन्। सिमोस सुनुवारको प्रस्तुति रहेको फिल्मका निर्माता भुगोल कार्की र विकास राज जोशी हुन्।
बाबुल गिरीको संगीत, कविराज गहतराजको कोरियोग्राफी, बन्दे प्रसादको सम्पादन, र दिव्य सुवेदीको छायांकनले फिल्मको प्रवाहमा प्राविधिक पक्ष पनि सशक्त देखिन्छ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ माघ २०, सोमबार ०६:२४मूल्य पाइने आशामा बोटमै जुनार
समाचार२०८२ माघ १९, आईतवार २०:०३पुनः वर्षा गराउने प्रणाली सक्रिय-काठमाडौँमा मङ्गलबार राति वर्षा हुन सक्ने
समाचार२०८२ माघ १९, आईतवार १९:१०प्रेस काउन्सिल र महासंघको टोलीद्वारा नीलकण्ठ एफ.एम.को कार्यालय निरीक्षण
स्वास्थ्य/जानकारी टिप्स२०८२ माघ १९, आईतवार १७:२७पाठेघरको मुखको क्यान्सरविरुद्ध खोप लगाइँदै








