फर्निचर तथा फर्निसिङ व्यवसायी संघको रक्तदान,५१ युनिट रगत संकलन

पोखरा ।
फर्निचर तथा फर्निसिङ व्यवसायी महासंघको ११ औं स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रममा भएको छ ।
फर्निचर तथा फर्निसिङ व्यवसायी संघ गण्डकी र कास्कीको आयोजनमा भएको कार्यक्रममा ५१ युनिट रगत संकलन भएकाे छ ।
कार्यक्रममा नेपाल फर्निचर तथा फर्निसिङ व्यवसायी महासंघका केन्द्रिय अध्यक्ष युवराज पौडेलले रक्तदान कार्यक्रममा सबैले मानवताको उत्कृष्ट उदाहरण देखाएकाे बताए । उनले रगत दिएर अरूको जीवन बचाउनु महान कार्यकाे अभियानले समाजमा सकारात्मक सन्देश दिने उल्लेख गरे ।

संघ कास्कीका महासचिव परमेश्वर दवाडीले दर्ता नगरी सञ्चालन गरिएका फर्निचर उद्योगका कारण समस्या परेको बताए । प्लाई र फर्निचरका कच्चा पदार्थको मूल्यवृद्धिले उद्योग प्रभावित भएको उनकाे भनाई छ ।
‘पोखरा महानगरले कर महंगो लिएको छ । वार्षिक १२ हजार रुपैयाँ कर तिछौं । साना उद्योगीका लागि यो ठूलो भार हो । व्यवसायको आकारका आधारमा कर निर्धारण हुनुपर्छ,’ उनले भने ।
बिहीबार महतगौंडा स्थित हरिहर मन्दिर परिसरमा वृक्षरोपण तथा गोडमेल गरिने उनले जानकारी दिए ।

मल्ल फर्निचरका सञ्चालक तथा संघका सल्लाहकार श्यामकुमार मल्ले २० औं पटक रक्तदान गरेको बताए । रक्तदान गर्नु पुण्यको काम रहेको उनको भनाइ छ ।
‘रक्तदान लिने दिने काम हो । स्वस्थ रहुन्जेल रक्तदान गनुपर्छ । भोली आफुलाई चाहिएको बेलामा पाउन सकिन्छ । रक्तदानप्रति सकारात्मक सचेतना जोगाउन आवश्यक छ,’ उनले भने ।

कार्यक्रममा नेपाल फर्निचर तथा फर्निसिङ व्यवसायी महासंघका केन्द्रिय उपाध्यक्ष ज्ञानबहादुर नेपाली, पोखरा उद्याग वाणिज्य संघका वाणिज्य उपाध्यक्ष बलराम आचार्य, महासचिव शोभा गौतम, पोखरा चेमर्स अफ कास्कीका अध्यक्ष उमराज बास्तोला लगायतले बाेलेका थिए ।
रक्तसञ्चार केन्द्र पाेखराकाे प्राविधिक सहयोगमा कार्यक्रम भएको हो ।
संघ गण्डकीका अध्यक्ष हिरामणी पण्डितले स्वागत मन्तव्य राखेका थिए भने धन्यवाद ज्ञापन कास्कीका वरिष्ठ उपाध्यक्ष रामजीप्रसाद तिवारीले गरेका थिए ।
संघमा कास्कीका ५०० वटा फर्निचर उद्योग समावेश छन् ।
पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=19026, citypokhara.com
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ जेष्ठ १, शुक्रबार ०७:००२ लाख ८७ हजार नगदसहित जुवातास खेल्ने–खेलाउने ८ जना पक्राउ
समाचार२०८३ बैशाख ३१, बिहीबार २१:५२दीननाथ बराललाई उत्कृष्ट खेल पत्रकार अवार्ड
समाचार२०८३ बैशाख ३०, बुधबार २२:४०गण्डकीलाई खेल पर्यटनको विश्वव्यापी ‘हब’ बनाउन स्पष्ट नीति र लगानीको खाँचो
समाचार२०८३ बैशाख ३०, बुधबार ००:१८पोखरा महानगरले कक्षा ११ मा भर्नाका लागि प्रवेश परीक्षा लिन राेक्याे









